कमल । झापाको कमल गाउँपालिका ३ स्थित मदन आश्रित बहुमुखी क्याम्पसमा क्याम्पस प्रमुखको नेतृत्व परिवर्तन भएको छ ।
क्याम्पस व्यवस्थापन समितिको निर्णय अनुसार आज बाट लागुहुनेगरि क्याम्पस प्रमुखको रुपमा सिताराम भट्टराई नियुक्त हुनुभएको हो ।
२०६० साल बाट प्राध्यापकको रुपमा सेवा सुरु गर्नु भएका भट्टराई सहायक क्याम्पस प्रमुखको रुपमा कार्यरत हुनुहुन्थ्यो ।
क्याम्पस प्रमुखको नेतृत्व सम्हाली रहनु भएका उमानाथ अधिकारीले आफ्नो कार्यकाल पुरा गरी बाहिरिए सँगै प्रमुखको जिम्मेवारीमा भट्टराई नियुक्त हुनुभएको क्याम्पस प्रशासनले जनाएको छ ।
त्यस्तै सहायक क्याम्पस प्रमुखमा विगत डेढ दशक देखी प्राध्यापन गर्दै आउनुभएका प्रेम राई नियुक्त हुनुभएको क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाले जानकारी दिनुभयो ।