कमल। झापाको कमल गाउँपालिकामा भ्याक्सिन केरियर दिएर दादुरा रुबेला खोप अभियान उत्घाटन गरिएको छ ।
कमलमा बाट सुरु भएको दादुरा रुबेला खोप अभियान अन्तर्गत झापाको कमल २ स्थित ज्योती माध्यमिक विद्यालयमा वडा सदस्य कल्पना राई , महेन्द्र अधिकारि र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्का , विद्यालयका प्रधानाध्यापक नगेन्द्र बस्नेत द्वारा स्वास्थ्यकर्मी लाई भ्यास्किन केरियर हस्तान्तरण गरेर दादुरा रुबेला खोप अभियान कार्यक्रम को उत्घाटन गरिएको थियो ।
कार्यक्रम मा कमल नगर अस्पतालका स्वास्थ्यकर्मी बिनिता संग्रौला , अन्जना सापकोटा र महिला स्वास्थ्य स्वयम् सेविका इन्दिरा खडका , उषा दाहाल , टिकाराज बर्देवा , दिपक दाहल को उपस्थिती थियो ।
खोप अभियान फाल्गुन ३० गते सम्म् सन्चालन हुने छ ।