कमल ,बैशाख ९
स्थानिय तह निर्वाचनमा राजनितिक दल तथा सञ्चार प्रतिष्ठानले पालना गर्नु पर्ने आचारसंहितका विषयमा छलफल तथा अन्तरकृया
झापाको कमल गाउँपालिका स्थित निर्वाचन अधिकृतको कार्यलयल आज आगामी बैशाख ३० गतेहुने स्थानिय तह निर्वाचनको लागी राजनितिक दल तथा सञ्चार प्रतिष्ठानले पालना गर्नु पर्ने आचारसंहितका विषयमा छलफल तथा अन्तरकृया गरेको छ ।
स्थानिय तहमा निर्वाचन अधिकृतको कार्यलय स्थापना सगै निर्वाचन अधिकृतको कार्यलयले निर्वाचन सग सम्बन्धित रहेर आचारसंहितका विषयमा स्थानिय राजनितिक दलका प्रमुख तथा प्रतिनिधी र संचारकर्मि संग छलफल र अन्तरकृया कार्यक्रम सुरु गरेका हो ।
निर्वाचनका समयमा राजनितिक दल, उम्मेद्वार तथा दलको भातृ संगठनले जुलुस, आमसभा कोणसभा गर्दा सभ्य र अनुशासित तरिकाले गर्नुपर्ने र कसैको घर आँगन आसपास वा निजको परिवारको कुनै सदस्यको सम्बन्धमा प्रदर्शन नगर्ने । सार्वजनिक स्थालमा जुलुस आमसभा गनुृपर्ने भएमा स्थानिय प्रशासन ७२ घण्टा अगावै अनुमति लिनुपर्ने । जुलुस आमसभा बेठक भेला वा प्रचार प्रसार गर्दा विहान ड बजे देखी साँझ ७ बजे सम्म मात्र गनुृ पर्ने लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको निर्वाचन अधिकृत प्रकास गौतमले जानकारी दिनुभयो ।
त्यसैगरी कार्यक्रममा सञ्चार प्रतिष्ठान र सम्बद्ध कर्मचारी तथा पत्रकारले पालना गर्नुपर्ने आचारसंहिताका विषयमा समेत छलफल भएको थियो ।
निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०७८ मा उल्लेख गरिए अनुसार कुनै पनि सञ्चार प्रतिष्ठान र सम्बद्ध कर्मचारी तथा पत्रकारले कुनै पनि राजनिितक दल वा उम्मेद्वार वा निजको प्रतिनिधीबाट दान ,उपहार वा आथिृक सहयोग दिन नपाउने ,पक्ष वा विपक्षमा समाचार प्रकासन वा प्रसारण गर्न नहुने , कुनै भाषा,धर्म सम्प्रदाय लिंग क्षेत्र बीचको सम्वन्ध मा असरपुग्ने समाचार सम्प्रेसण गर्न नहुने लगायत विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा निर्वाचन अधिकृतको कार्यालयका कर्मचारी, जनप्रीतनिधी, दलका प्रमुख तथा प्रतिनिधी, सन्चारकर्मि लगायको उपस्थिती रहेको थियो ।