logo
शुक्रबार, साउन २९ २०८३

कस्ता होलान् आईफोन १४ का चार मोडल ?


  • कुइनेटो न्युज
  • बिहिबार, बैशाख ८ २०७९

काठमाडौं । एप्पलको आईफोन १४ सिरिज सार्वजनिक हुनुअघि नै विभिन्न जानकारी बाहिरिरहेका छन् । एप्पलले यो पटक आईफोन १४ सिरिजमा कम मूल्यको रेन्जमा ६.१ इन्चको आईफोन १४ र ६.७ इन्चको आईफोन १४ म्याक्स सार्वजनिक गर्दैछ ।

त्यस्तै महँगो रेन्जमा ६.१ इन्चको आईफोन १४ प्रो र ६.७ इन्चको आईफोन १४ प्रो म्याक्स सार्वजनिक गर्दैछ ।

यीमध्ये आईफोन १४ र १४ म्याक्सको डिजाइन र लुक्स पहिलेको जस्तै हुनेछ भने आईफोन १४ प्रो र प्रो म्याक्सको डिजाइन फरक हुनेछ ।

आईफोन १४ प्रो र प्रो म्याक्समा अलिक ठूलो क्यामेरा बम्प (क्यामेरा डिजाइन माथि उठेको) ठूलो हुनेछ भने तुलनात्मक रुपमा आईफोन १४ र १४ म्याक्समा क्यामेरा बम्प सानो हुनेछ ।

साथै एप्पलले यो पटक आईफोनमा १२ मेगापिक्सेलको क्यामेरालाई हटाएर ४८ मेगापिक्सेलको क्यामेरा राख्ने भएको छ । आईफोन १४ प्रो र प्रो म्याक्समा तीनवटा क्यामेरा सेटअप हुने र १४ र १४ म्याक्समा भने दुई क्यामेरा सेटअप नै हुने अनुमान गरिएको छ ।

१२० हर्जको रिफ्रेसरेट सहितको नचबिनाको फोन सार्वजनिक हुनेछ । यद्यपि १४ र १४ म्याक्समा भने नच उपलब्ध हुनेछ । यसमा ए १६ प्रो चिप प्रयोग हुने बताइएको छ । यो पटक आईफोनको मिनी मोडल भने सार्वजनिक हुनेछैन ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend