logo
शुक्रबार, साउन २९ २०८३

नवोदयको आयोजनामा केर्खामा माटो बचाउ सम्बन्धी तालिम प्रदान


  • उमानाथ भण्डारी
  • शनिबार, फाल्गुन १२ २०८०

कमल ÷ झापाको कमल गाउँपालिका ३ केर्खामा एक दिने माटो बचाउ अभियान सम्बन्धीे तालिम सम्पन्न भएको छ ।

कमल गाउँपालिका ३ केर्खामा मुख्य कार्यालय रहको नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा माईण्ड पावर एण्ड करियर इन्टर नेशनल टेनिङ्ग सेन्टर विराटनगरको प्राविधिक सहयोगमा कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको संस्थाको सभाहलमा तालिम सम्पन्न भएको हो ।

पछिल्लो समय माटोमा प्रयोग गरिने विभिन्न रासायनिक तथा विषादी प्रयोगका कारण दिनानुदिन माटो खराब भै रहेको र सोही माटो बाट उत्पादित बस्तु प्रयोग गर्नाले मानिसमा क्यान्सर लगायत विभिन्न प्राणघातक रोग लाग्ने भएकोले त्यसको न्यूनिकरण गर्नका लागी सदस्य बिच माटो बचाउन अभियान सम्बन्धी तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष शरणकुमार पराजुलीले जानकारी दिए ।

माटोमा अनावश्यक रुपमा विभिन्न विषादी प्रयोग गर्नाले माटो बिग्रीएको छ । त्यहि माटो बाट उत्पादीत बस्तु प्रयोग गर्नेले मानिसमा क्यानसर लगायत विभिन्न प्रकारका प्राणघात रोग लाग्ने गरेको छ ।पछिल्लो समय पृथ्वि माथी अत्याचार भैरहेको छ । जसका कारण माटोको विभिन्न तत्व हस भैरहेकोले समेत यस्तो अवस्था अब सबैलागेर माटो बचाउनु पर्ने कमल गाउँपालिका का ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईरालाले बताउनुभयो ।

अभियानमा वडा नम्बर ५ तलायत छिमेकी वडाका ८० जना भन्दा बढी कृषक सहभागी रहेका थिए । सहभागीलाई माईण्ड पावर एण्ड करियर इन्टर नेशनल टेनिङ्ग सेन्टर विराटनगर वि.पी. रेग्मी, अम्बिका घिमिरे र सन्जोग लिम्बुले सहजीकरण गरेका थिए ।
संस्थाका अध्यक्ष शरण कुमार पराजुलीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन सस्थामा वरिष्ठ उपाध्यक्ष बलराम गजुरेलले गर्नुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend