logo
शुक्रबार, साउन २९ २०८३

गौरीगञ्ज विरुद्धको प्रोटेस्ट सदर, फाइनलमा बिर्तामोड र कमल भिड्ने


  • उमानाथ भण्डारी
  • शुक्रबार, फाल्गुन ११ २०८०

कमल ।  शिवसताक्षी नगरपालिकामा जारी झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिताको फाइनलमा विर्तामोड नगरपालिका र कमल गाउँपालिका भिड्ने भएका छन् ।
बुधबार भएको सेमी फाइनल खेलमा कमल गाउँपालकालाई हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको थियो

कमल गाउँपालिकाले गैर कर्मचारी खेलमा समावेश गराएको भन्दै गौरीगञ्ज गाउँपालिकालाई प्रोटेक्ट हालेको थियो । गौरीगञ्ज गाउँपालिकाले खेलमा समावेश गरेको खेलाडी कर्मचारीको मापदण्ड भित्र नपरेको प्रमाणित भएपछि कमल गाउँपालिकलाई आयोजक समितिले विजयी घोषणा गरेको छ ।कमलले लिखित रुपमै निवेदन दिएपछि आज बसेको आयोजक समितिले कमल गाउँपालिकाको प्रेटेक्ट सदर गरेको हो । गौरीगञ्ज गाउँपालिले खेलमा समावेश गरिएको खेलाडी नियमसंगत भएको पुष्टी गर्न नसेकेपछि कमललाई फाइनलका लागि बोलाइएको खेल आयोजक समितिका संयोजक प्रकाश चौधरीले बताए ।

 

गौरीगञ्जले खेलमा समावेश गराएका खेलाडीहरु सरोज साउदेन, निरवहादुर प्रधान र विशाल श्रेष्ठ किसान सूचिकरण कार्यक्रमको सहजकर्ता रहेको र पुनः निजहरुलाई रोजगार प्रवद्र्घन केन्द्र ९सामी० कार्यक्रम अन्तरगत गौरीगञ्ज गा।पा।को पाश्र्वचित्र तयारीको लागि बैदेशिक रोजगारी सम्बन्धी तथ्यांक संकलक ९गणक० नियुक्ति दिएको देखिएको संयोजक चौधरीले जानकारी दिए ।

नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको च।नं। ११३ प।सं।०७५(०७६ मिति २०७५(०५(१२ गतेको अस्थायी तथा सेवा करार तर्फका जनशक्ति व्यवस्थापन गर्ने सम्वन्धी परिपत्रको वुंदा नं। १ र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ८३९३० मा सेवा करारबाट लिइने कर्मचारीको दरवन्दीको व्यवस्था रहेको साथै सोही ऐनको दफा ८३९८०मा गाउँपालिका तथा नगरपालिकाले नगर प्रहरी, सवारी चालक, सयश, कार्यालय सहयोगी, पलम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली, वंगैचे र सरसफाई सम्वन्धमा पदमा स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाको आधारमा सेवा करारबाट मात्र लिनु पर्ने उल्लेख छ । सो वाहेकको अन्य पद तथा सेवामा करारबाट पदपूर्ति गर्न पाइने छैन भनी स्पष्ट व्यवस्था रहेको संयोजक चौधरीको भनाई छ ।

गौरीगञ्ज गाउँपालिमा नियुक्त भएका कर्मचारी कृषि शाखा तथा सामी शाखाद्वारा सञ्चालित कार्यक्रमको गणक रहेको देखिएकाले स।मा। तथा सा। प्र।को परिपत्र र स्थानीय सरकार संञ्चालन ऐन २०७४को व्यवस्था भित्र नपर्ने, त्यसैगरी कोशी प्रदेश स्थानीय सरकार सेवाको गठन सञ्चालन र सेवाका सर्तहरु सम्वन्धमा व्यवस्था गर्न बनेको ऐन को दफ २ ९ख० कर्मचारीको परिभाषाभित्र समेत नपर्ने देखिएकाले झापा जिल्ला अन्तरपालिका कर्मचारी स्तरीय फुटबल प्रतियोगिता २०८० को सर्तहरु अन्तर्गत बुँदा नं। ५ मा कर्मचारी बाहेकको कुनै खेलाडी खेल्न पाइने छैन स्पष्ट लेखिएको हुँदा कमल गाउँपालिकाले हालेको प्रोटेस्ट सदर भएको खेल संयोजक चौधरीले जानकारी दिए ।

बुधबार भएको सेमीफाइनल खेलमा कमल गाउँपालिकालाई सडनडेथमा हराउँदै गौरीगञ्ज फाइनलमा प्रवेश गरेको थियो । भोली हुने फाइनल खेल विर्तामोड नगरपालिका र कमल गाउँपालिका बीच हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजेता टिमले नगद रु ७० हजार र उपविजेता टिमले नगद ४० हजार सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिता शिवसताक्षीको झिलझिलेस्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा सञ्चालन भइरहेको  छ

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend