कमल÷ फक्ताङलुङ साँस्कृतिक मञ्च ललितपुरको आयोजनामा दमकमा याक्थुड साम्लो महोत्सव २०८० सञ्चालनहुने भएको छ ।
झापाको दमकमा याक्थुड साम्लो साम्लोरिरो, साम्लोइ लोइ लाम्लोरिरो भन्ने मुल नाराका साथ आगामी फागुन १८ र १९ गते झापाको दमकमा सम्पन्न हुने आज पत्रकार मञ्च दमकको सभाहलमा सम्पन्न पत्रकार सम्मेलन मार्फत जनाकारी गराईएको हो ।
यसअघि हाक्पारे पालाम महोत्सवको रूपमा पान्थरको फेदेन बजारमा पहिलो र तेहथुमको मेयडलुड बजारमा दोस्रो महोत्सव सम्पन्न भएको थियो पछिल्लो समय त्यसैलाई निरन्तता दिदै तेस्रो याक्थुड साम्लो आयोजना गर्न लागिएको केन्द्रिय अध्यक्ष तथा कार्यक्रम संयोजक पुर्णकुमार सेर्मा “यादन”ले आज जानकारी गराउनु भएको हो ।
फागुन १८ गते माडलाड, केलाड, येवा÷येमालाडको साथमा विशाल न्यालीसहित महोत्सवको समुद्घाटन समारोह सम्पन्न हुनेछ पत्रकार सम्मेलन मार्फत सेर्माले जानकारी गराउनु भएको थियो ।
साम्लो महोत्सवमा पालाम, हाक्पारे, ख्याली र धान नौचको साथमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा ख्याति कमाएका याक्थुङ (लिम्बू) कलाकारहरूको बेजोड सांगितिक प्रस्तुति हुनेछ भने १९ गते याक्युड साम्लोमा माइसिवाखातुन र लोपन्मुख अवस्थामा रहेको याक्युड साम्लोमा ताम्के विषायक कार्यपत्र प्रस्तुत हुने र त्यसबारे टिका टिप्पणी र बृहत रूपमा छलफल समेत हुने आयोजकले जनाएको छ ।