logo
शुक्रबार, साउन २९ २०८३

केर्खामा एनएमबी बैंकको १७० औं एटिएम काउन्टर  स्थापना


  • उमानाथ भण्डारी
  • बुधबार, फाल्गुन ९ २०८०

कमल÷ एनएमबी बैंकले आज केर्खामा एटिएम काउन्टर स्थापना गरेको छ ।

बैंकले कमल गाउँपालिका ३ केरखामा आफ्नो १७० औ एटिएम काउन्टर स्थापना गरेको हो ।

एटिएम काउन्टरको एक कार्यक्रमका बीच कमल गाउँपालिका ३ नम्बर वडा अध्यक्ष अग्निप्रसाद कोइराला र बैंकका एरिया प्रमुख नरेन्द्र सुवेदीले संयुक्त रुपमा एटीएम काउन्टरको उद्घाटन गर्नुभएको हो । बैंकले हाल देशभर दुईसय २ वटा शाखा बाट सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ ।

बैंकले ढिलै भएपनि केर्खा एटीएम काउन्टरको स्थापना गरेको छ । यसले व्यवसायीलाई सहयोग पुग्नेछ र केर्खामा स्थापना भएको एटिएमले इलामको चुलाचुली र आसपास क्षेत्रका बैंकका ग्राहाकलाई समेत सहज हुने वडा अध्यक्ष कोइरालाले बताए ।

कमल गाउँपालिकाको तोपगाछी खण्डमा यो पहिलो एटीएम सञ्चालनमा आएको हो । एटिएम सञ्चालन आएकोमा यसले व्यवसायीलाई कारोबार गर्न थप सहज भएको कमल उद्योग वाणिज्य संघका अध्यक्ष वीरेन्द्र अधिकारीले बताए ।
कार्यक्रममा केर्खा बजार व्यवस्थापन समितिका सचिव भुवन चम्लागाईं , व्यवसायी, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधि को उपस्थिति रहेको थियो । बैंकका केर्खा शाखा प्रमुख चित्रकुमार न्यौपानेले को अध्यक्षमा सम्पन्न कार्यक्रमको सहजीकरण बैंकका प्रदेश कार्यालय का खगेन्द्र न्यौपानेले सहजीकरण गरेका थिए ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend