कमल ÷ झापाको कमल गाउँपालिका ३ स्थित स्मल टोल हुँदै बोहोरा टोल जोड्ने सडक कालोपत्रे हुने भएको छ ।
सडक कालोपत्रेकालागी पुर्वाधार विकास कार्यलय झापाले ठेक्का निकाली सकेकाेले अब छिट्टै सडक निर्माणको काम सुरुहुने कार्यलयले जनाएको छ ।
कोशी प्रदेश सभासद हिक्मत कुमार कार्कीको निर्वाचन क्षेत्र परेकोले सो सडक कालोपत्रेकालागी सभासद कार्कीको पहलमा २५ लाख रुपैया विनियोजन भएको ३ नम्वर वडा सदस्य एङ्गल गुरुङ्गले जानकारी दिनुभयो । सडक कालोपत्रे हुने भएपछी
स्थानिय हर्षित भएका छन् ।