logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्डको उपाधि शहिद धर्मभक्त लाई 


  • उमानाथ भण्डारी
  • मंगलबार, फाल्गुन १ २०८०

  कमल । कमल गाउँपालिका स्तरीय १४ औं राष्ट्रपति रनिङ शिल्ड  प्रतियोगिताको उपाधि शहीद धर्मभक्त माध्यमिक विद्यालय कमल ३ ले जितेको छ ।
शहीद ले  ११ स्वर्ण ४ रजत र ५ कास्य  पदक प्राप्त गरी प्रतियोगिताको उपाधि जितेको हो । 


त्यस्तै कमल ५ स्थित मङ्गलमय माध्यमिक विद्यालयले ४ स्वर्ण ९ रजत र २ कास्य  पदक प्राप्तगरेको छ भने महेन्द्र रत्न माध्यमिक विद्यालयले ५ स्वर्ण ३ रजत र ३ कास्य  पदक प्राप्त गरेको छ ।


त्यस्तै कमल ७ स्थित सरस्वती माध्यमिक विद्यालयले ४ स्वर्ण ४ रजत र ५ कास्य  पदक प्राप्त गरेको  छ भने  कमल १ सिथत बाँसवारी माध्यमिक विद्यालयले  १ रजत र १ कास्य  पदक प्राप्त गरेको छ ।


त्यस्तै ज्योति माध्यमिक विद्यालय कमल २ ले ३ स्वर्ण ३ रजत र १ कास्य  पदक प्राप्त गरेको छ  भने  कमल ६ स्थित वाणी माध्यमिक विद्यालयले ३ स्वर्ण १ रजत र ६ कास्य  पदक प्राप्त गरेको छ ।

त्यसैगरी  कमल १ स्थित नरेन्द्र जनता माध्यमिक विद्यालयले २ स्वर्ण १ रजत र २ कास्य  पदक प्राप्त गरेको छ  भने  कमल २ स्थित कमल मदन आश्रित स्मृति माध्यमिक विद्यालयले ३ रजत र ३ कास्य  पदक प्राप्त गरेको छ ।


कमल ३ स्थित वण्डरल्याण्ड माध्यमिक  विद्यालयले २ स्वर्ण ३ रजत र ४ कास्य  पदक प्राप्त गरेको  भने कमल ५ स्थित  सरस्वती माध्यमिक विद्यालयले ४ स्वर्ण ४ रजत र ५ कास्य  पदक प्राप्त गरेको   छ भने   कमल २ स्थित महेन्द्र  रत्न माध्यमिक विद्यालयले ५ स्वर्ण ३ रजत र ४ कास्य  पदक प्राप्त गरेको छ   ।


कमल ३ स्थित लालिमा माध्यमिक विद्यालयले ३ स्वर्ण ३ रजत र १ कास्य  पदक प्राप्त गरेको छ भने कमल ६ स्थित स्मारिका माध्यमिक विध्यालयले कमलले १ स्वर्ण १ रजत र ५ कास्य  पदक प्राप्त गरेको छ । 


त्यस्तै कमल ५ स्थित स्टर माध्यमिक विद्यालयले १ स्वर्ण १ रजत र १ कास्य  पदक प्राप्त गरेको छ ।  कमल ६ स्थित साउथपोल माध्यमिक विद्यालयले  १ रजत पदक प्राप्तगरेको छ ।


कमल ६ स्थित हिमाली माध्यमिक विद्यालयले १  रजत  पदक प्राप्त गरेको छ भने कमल ७ स्थित  सिंहदेवी आधारभुत विद्यालयले  १ कास्य पदक प्राप्त गरेको छ ।


कमल ४ स्थित फोनिक्स माध्यमिक विद्यालयले १ रजत , कमल ३ स्थित   निहारिका माध्यमिक विद्यालयले  २ रजत, र मोनसन  आधारभुत विद्यालयले १ कास्य पदक र पिंङ्गडाडा आधारभुत विद्यालयले  १  कास्य प्राप्त गरेका छन् भने विद्यासदन माध्यमिक विद्यालय र पाथिभरा माध्यमिक विद्यालयले प्रतियोगितामा सहभागी जनाएका थिए ।


प्रतियोगिता गत माघ २७ गते देखी कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा सुरु भएको थियो ।  प्रतियोगिताको  उद्घाटन जिल्ला समन्वय समिति झापाका सभापति विश्वनाथ बरालले गर्नु  भएको  थियो ।

प्रतियोगितामा उत्कृष्ट भएका विधागत विध्यालय र विध्यार्थीको नामावली हेर्न याहाँ क्लिक गर्नुहोला data (1)

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend