logo
शुक्रबार, साउन २९ २०८३

एक हप्ते माईन्यूट लेखन तथा उद्घोषण तालिम सम्पन्न


  • कुइनेटो न्युज
  • बिहिबार, माघ २५ २०८०

कमल ÷ झापाको कमल गाउँपालिका ३ केर्खामा सन्चालित माईन्यूट लेखन तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।
समावेशी महिला शसक्तिकरण केन्द्रको आयोजनामा र कमल गाउँपालिका ३ नम्वर वडाको आर्थिक सहयोगमा सन्चालित तालिम बुधवार एक औपचारीक कार्यक्रमको आयोजना गरी समापन गरिएको हो ।

तालिम बाट सिकेको सिपलाई व्यवहारमा लागु गर्न गाउँपालिकामा अध्यक्ष हुकुमसिंह राईले सहभागीलाई अनुरोध गर्नुभयो । गाउँपालिकाले सन्चालन गरेका तालिमका सहभागीले तालिम एउटा विषयको लिन तर अर्कै व्यवसाय सन्चालन गर्ने गरेकोले त्यसो नगर्न र सस्थाको दायरा फराकिलो बनाउन समेत अध्यक्ष राईले अनुरोध गर्नु भयो ।

तालिम समापन कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, ३ नम्वर वडा अध्यक्ष अग्नि प्रसाद कोईराला विभिन्न संघ सस्थाका प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

तालिममा २५ जना महिला सहभागी रहनुभएको थियो सहभागी लाई गोविन्दराज कट्टेल विष्णु प्रकास निरौला, नारायाण बस्नेत र विरेन्द्र अधिकारीले सहजी गर्नु भएको थियो ।

सस्थाकी अध्यक्ष पूर्णकुमारी देवानको अध्यक्षतामा सम्पन्न तालिम समापन कार्यक्रममा उपस्थित अतिथी तथा सहभागीलाई माण्डुका नेपालले शाश्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो भने कार्यक्रम आश्मा लिम्बुले सन्चालन गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend