कमल । झापाको कमल गाउँपालिका वडा न. ५ पाडाजुंगीमा रहेको आदिवासी रंगशालाको पुनः निर्माण कार्यको शुरु भएको छ ।
आज रंगशालामा परिषरमा संक्षिप्त कार्यक्रम गरि निर्माण कार्यको औपचारिक रुपमा शुभारम्भ गरिएको हो। निर्माण कार्यको शुभारम्भ रंगशालाका अध्यक्ष समेत रहेका कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले गर्नुभएको थियो ।
निर्माण कार्यको शुभारम्भका क्रममा अध्यक्ष राईले आदिवासी रंगशालाको कामले अव गति लिने विश्वास व्यक्त गर्नुभयो । वहाँले यो रंगशाला कमलकै गहना भएकाले यसको विकासमा सवै एक भएर लाग्नुको विकल्प नभएको औल्याउनु भयो । वहाँले भन्नुभयो (‘आदिवासी रंगशालालाई समयमानै निर्माण सम्पन्न हुने गरि काम अघि बढाउन स्थानीय सरकार यसमा गंभीर छ ’
रंगशालाको अगुवाई स्थानीय आदिवासी रंगशाला तथा स्मृति प्रतिष्ठानले अगुवाई गरिआएको छ। विक्रम सम्बत् २०६६ सालमा त्यहाँ बर्षोदेखिको आदिवासी, जनजातिको पितृको चिहान भत्काएर आदिवासी रंगशाला निर्माण गर्न स्थानीय स्तरमा सहमति भएको थियो । तर ,पछिल्ला केहिबर्ष देखी रंगशालाको नाममा विवाद बनेपछि रंगशालामा सरकारी वजेट प्राप्त हुन नसक्दा निर्माण कार्य रोकिएको थिया ।
रंगशाला समितिका महासचिव दिपेनवाला राईका अनुसार राष्ट्यिखेलकुद परिषद मार्फतयसवर्ष रु १ करोड बजेट प्राप्त भएको र सोहि वजेट अनुसार रंगशालाको काम थालिएको छ। वजेट मध्ये डिपीआर अनुसारको उपभोक्ता मार्फत रंगशालाको प्रारिम्भक चरणका थप कामहरु शुरु भएको हो ।
यसवर्ष रंगशाला निर्माणका लागि परिषदको रु ७६ लाख ९२ हजार ६ सय ९२ रुपैया र उपभोक्ताको रु ८ लाख ५४ हजार ६ सय ९२ रुपैया गरि कुल रु ८५ लाख ४६ हजार ९ सय २८ रुपैयाको वजेटबाट ३ सय मिटर लामो कम्पाउण्ड वाल निर्माण गरिने उहाँले जानकारी दिनुभयो । रंगशाला निर्माणको राखेपसं यसअघिनै रंगशाला समितिले संझौता गरिसकिएको रंगशाला निर्माण उपभोक्ता समितिले जनाएको छ।
उपभोक्ता समितिले माघ १८ बाट शुरु भई २०८२ जेठ १५ गतेभित्रमा योजना अनुसार काम सम्पन्न र्गे लक्ष्य संझौतामा उल्लेख छ। निर्माण कार्यलाई प्रभावकारिता बनाउन उपभोक्ता समितिले साताको शनिवार स्थानीयलाई श्रमदान गर्ने गरि काम अघि बढाउने उपभोक्ता समितिका अध्यक्ष राईले बताउनु भयो ।
उक्त वजेट अनुसारको काम सम्पन्न गर्न रंगशाला समिति तथा सरोकारवालाहरुले महासचिव दिपेनवाला राईको अध्यक्षतामा पाँच सदस्यीय एक निर्माण उपभोक्ता समिति र पालिका अध्यक्ष हुकुमसिंह राईको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ। गठित उपभोक्ता समितिको उपाध्यक्ष विष्णुमाया थापा, सचिवमा रविन गुरुङ,कोषाध्यक्षमा देवेन्द्रराज आङदेम्बे र सदस्यहरुमा रोशन दाहाल, सुदिप राई र मनकुमारी लिम्बू रहेका छन् ।
सरकारले रंगशालामा वजेट उपलव्ध नगराउदाँ रंगशालाको कामले गती लिन सकेको थिएन्। रंगशालाका निर्माणका लागि विभिन्न आर्थिक वर्षमा रु ४ करोड बढी वजेट विनियोजन भएपनि वजेट पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको कारण रंगशाला ओझेलमा परेका थियो ।
सो शुभारम्भ कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारी, कमल १ का वडाअध्यक्ष केदार कटुवाल, २ का वडाअअध्यक्ष अशोक सुब्बा, ५ का वडाअध्यक्ष एलवी विष्ट , ६ का वडाअध्यक्ष नरेन्द्र भटटराई, माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङ, प्रदेश कोषाध्यक्ष गगन पुरी, रंगशालाका पूर्व महासचिव धिरेन लावती, गाउँपालिकाका इमिन्जीयर सागर यादव,कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारी, कमल कांग्रेसका सभापति खगेन भण्डारी , नेफिन कमलका अध्यक्ष बदी राईसहित रंगशाला समितिका पदाधिकारी,सदस्यहरु लगायतको उपस्थिति रहेको थियो।
..