logo
शुक्रबार, साउन २९ २०८३

डिप्रोक्स लघुवित्त संस्था द्वारा केन्द्र प्रमुख लाई वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान


  • उमानाथ भण्डारी
  • मंगलबार, माघ २३ २०८०

कमल÷ डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आज एक कार्यक्रमका बिच सदस्यलाई वित्तीय साक्षरता सम्बन्धी तालिम प्रदान गरेको छ ।
कमल गाउँपालिका ५ स्थित एक पार्टी प्यालेसको सभाहलमा सम्पन्न कार्यक्रममा सस्थाले केन्द्र प्रमुखलाई लक्षित गरेर वित्तीय साक्षरता सम्बन्धी गोष्ठी सञ्चालन गरेको संस्थाले जनाएको छ ।

कार्यक्रममा सहभागी सदस्यलाई संस्थाका प्रदेश प्रमुख अर्जुन पोख्रेल र अनुगमन अधिकृत अनिल कुमार पन्जियारले सहजीकरण गर्नु भएको थियो ।

केन्द्र प्रमुख पाण्डुका नेपालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागी लाई संस्थाका केर्खा शाखा प्रमुख सुर्य बहादुर प्रधानले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै संस्थाले देशभरका १ सय ९५ वटा शाखा बाट सदस्यलाई कर्जा लागनीका साथै विभिन्न प्रकारका तालिम प्रदान गर्दै आइरहेको बताउनु भयो ।

कार्यक्रममा सहभागीलाई संस्थाका कर्मचारी सन्जोग सेर्माले शाब्दिक शब्द द्वारा स्वागत गर्नुभएको थियो भने शाखाका कर्मचारी राम प्रसाद दुलालले सञ्चालन गर्नु भएको थियो । गोष्ठीमा ६० जना भन्दा बढी महिला सहभागी रहनु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend