कमल , चैत २३ । कमलनगर जेसीजको आयोजनामा २०७९ सालको क्यालेन्डर विमोचन तथा उपहार कार्यक्रमको उद्घाटन सम्पन्न भएको छ ।
कमल कमल गाउँपालिका –२ भुत्लुङ स्थित श्री ज्योति माध्यमिक विध्यालयको सभाहलमा सम्पन्न क्यालेन्डर विमोचन एवम् उपहार कार्यक्रमको उद्घाटन प्रमुख अतिथी कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत काजीमान राईले गर्नु भएको थियो ।
कमलनगर जेसीजले भवन निर्माणको लागि ५ सय रुपैयाका दरले उपहार मार्फत टिकट विक्रि गर्ने र सो रकम बाट भवन निर्माण गरिने योजना रहेको कमलनगर जेसीजका वर्ष २२ का अध्यक्ष जेसी नारायण बस्नेतले बताउनुभयो ।
कार्यक्रममा नेपाल शिक्षक महासङ्घ कमल गाउँ समितिका अध्यक्ष श्री हिमप्रसाद दाहाल, समाजसेवी राजनबहादुर ढुंगाना, कमल गाउँपालिका वडा नम्वर १ का वडाध्यक्ष केदार कट्वाल, प्याब्सन कमल गाउँ समितिका अध्यक्ष बदीराम राई, ज्योति माध्यमिक विध्यालय. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलक खड्का तथा प्रधानाध्यापक नगेन्द्र बस्नेत, कमलनगर जेसीज वर्ष २०२१ का छत्रपति खनाल, लगायतले मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम संयोजक जेसी रिजु कार्कीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन कमलनगर जेसीज वर्ष २२ का महासचिव जेसी भीम अधिकारीले गर्नुभएको थियो ।