कमल ÷ झापाको कमल गाउँपालिका ३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको ५६औ वार्षिक उत्सव तथा अभिभावक दिवसको आइतवार उद्घाटन भएको थियो ।
वार्षिक उत्सवको उद्घाटन कमल गाउँपालिका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले गर्नु भएको हो ।
कमल गाउँपालिका स्काउट संयोजक श्री माया शिवाकोटी र स्थानिय स्काउट अध्यक्ष प्रमिला न्यौपाने तिवारीले संयुक्त रुपमा स्काउटर विध्यार्थीलाई दीक्ष्ािन्त गर्नु भएको थियो ।
वार्षिक उत्सवका पहिलो दिनमा चकलेट दौड, हिसाब दौड साथै अन्य कार्यक्रमका साथ पहिलो दिनको कार्यक्रम सम्पन्न गरिएको विध्यालयले जनाएको छ ।
तीन दिन सम्म सञ्चालन हुने विद्यालयको बार्षिक उत्सव कार्यक्रम माघ १६ गते सम्पन्न हुने छ ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष लेखनाथ खतिवडाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा प्रधानाध्यापक मधुसुदन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभयो भने शिक्षक भिमचन्द्र न्यौपानेले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।