
दकम सेवाकेन्द्रमा भएको कार्यक्रम
कमल, चैत २१ । झापाको चारपाने स्थित साहारा नेपाल बचत तथा ऋण सहकारी सस्था लिमिटेडले आज विभिन्न कार्यक्रम गरी २७ औं वार्षिक उत्सव मनाएको छ ।
यसैक्रममा सस्थाको सेवाकेन्द्र दमकले समेत विभिन्न कार्यक्रम गरी २७ औं वार्षिक उत्सव मनाएको हो ।
सहारा नेपालले बचत तथा ऋणको मात्र कारोवार नगरेर समाज परिवर्तमा थुप्रै कार्यक्रम गर्नेगरेको छ । जस अन्तरगत गरिवी न्युनिकरण, रोजगारी सिर्जजनामा योगदान, स्वस्थ्य क्षेत्रमा योदान, शिक्षा क्षेत्रमा योगदान, कोरोना रहात कार्यक्रम, कृषि क्षेत्रमा वित्तिय तथा प्राविधिक सहयोग जस्ता कार्यक्रम गर्ने गरेको दमक नगरपालिकाकी उपमेयर गिता अधिकारीले बताउनु
सहारा नेपालले सहकारीको क्षेत्रमा ठुलो योगदान गरेको छ । आज विश्वमा दोश्रो ठुलो संगठन भनेकै सहकारीहो ग्रामिणक्षेत्रमा सहकारीको ठुलो योगदान छ । सहकारीले ठुलोमात्रामा युवालाई रोजगारी दिएको जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष तुलाराम न्यौपानेले बताउनुभयो
कार्यक्रममा उत्कृष्ट उद्यमी महिला तर्फ अनुसा राई र पुर्णकला कार्किलाई दोसल्लाका साथै सम्मान पत्र र नगद बाट सम्मान गरिएको थियो ।
कार्यक्रममा दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठ, रोटरी क्लव अफ दमकका पुर्व अध्यक्ष तथा असिष्टेन गभर्नर नविन श्रेष्ठ लगायतले शुभकामना राख्नु भएको थियो । त्यसैगरी चार्टर एकाउन्टेन्ट सुजन भट्टराईले सेवाकेन्द्र दमकको विश्लेषण र बर्तमान अर्थतन्त्रको बारेमा आफ्नो भनाई राख्नुभएको थियो भने सेवकेन्द्र दमकका प्रमुख बरिष्ट सहायक प्रवन्धक डम्वर बहादुर प्रधानले सस्थाको समग्र कार्यक्रमका बारेमा प्रस्तुती दिनुभएको थियो ।

केर्खा सेवाकेन्द्रमा भएको कार्यक्रम
कार्यक्रममा सहभागकिा तर्फ बाट उमाकान्त अधिकारी, पुष्पा संग्रैला र रत्नकुमारी खड्काले सस्थाका बारेमा आफ्नो अनुभव प्रस्तुत गर्नु भएको थियो ।
सहारा नेपाल साकोस दमक सेवाकेन्द्र सहयोग समिती संयोजक तारा बरालको अध्यक्षतामा भएको कार्यक्रममा सदस्य केपी भट्टराईले स्वगत मन्तव्य राख्नुभएको थियो ।
त्यसैगरी सस्थाको सेवा केन्द्र केर्खाले समेत विभिन्न कार्यक्रम गर्दै २७ औं वार्षिक उत्सव मनाएको सेवा केन्द्र केर्खाका प्रमुख खगेन्द्र प्रसाद सिवाकोटीले बताउनु भयो ।