logo
शुक्रबार, साउन २९ २०८३

श्रीकिराँतेश्वरको अध्यक्षमा पुन खतिवडा


  • कुइनेटो न्युज
  • सोमबार, चैत्र २१ २०७८

कमल, चैत २० । झापाको कमल गाउँपालिका ३ सानोकेर्खा स्थित श्रीकिराँतेश्वर शिवपाञ्चायन मन्दिरको अध्यक्षमा पुन कुमार खतिवडा चयन हुनुभएको छ ।
स्थानिय समाजसेवी तथा हिन्दु धर्मालम्विहरको सकृयतामा २०७२ सालमा स्थापना भएको मन्दिरको तश्रो साधारण सभा बाट समितीको उपाध्यक्षमा बेधनिधी पौडेल सचिव रविन सुब्बा सहसचिव राम सन्जेल कोषाध्यक्ष मिना घिमिरे चयन हुनुभएको हो ।
त्यसैगरी समितीको सदस्यमा रेनुका सुवेदी,गोविन्द वाँसकोटा,लाल प्रसाद बोखिम ,शुशिला सिम्ंखडा,जीत बहादुर बानिया,कुमार मगर चयन हुनुभएको सचिव रविन सुब्बाले जानकारी दिनुभयो ।
मन्दिर व्यवस्थापन समितीका अध्यक्ष कुमार खतिवडाको अध्यक्षतामा सम्पन्न साधारण सभाको प्रमुख अतिथी श्री नम्वर २१ वाहिनीपति सहायक रथी कृष्णप्रसाद भण्डारीले दिप प्रज्वलनगरी सभाको उद्घाटन गर्नुभएको थियो ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend