झापाको दमक बाट सञ्चालित हिमशिखर टेलिभिजनले १४ औं र रेडियो हिमशिखरले ८ औं वर्षमा प्रवेश गरेको छ ।
सोही अवसरमा आज (शुक्रवार) एक कार्यक्रमका बिच हिमशिखर मिडिया प्रा.ली. द्वारा सञ्चालित टेलिभिजनले १४ औं र रेडियो हिमशिखरले ८ औं वार्षिकोत्सव मनाएको हो ।
हिमशिखर मिडिया प्रा. लि. का अध्यक्ष ध्रुव प्रसाद न्यौपानेले पानस मा वत्ति बालेर वार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
सो अवसरमा प्रा. लि. का सञ्चालक सदस्य सन्तोष भण्डारीले टेलिभिजन स्थापनाकालको स्मरण गराउँदै आज १४ औं वार्षिकोत्सव सम्म आइपुग्दा सम्मको स्मरण सुनाउँदै टेलिभिजन र रेडियोलाई यो अवस्था सम्म ल्याइपुर्याउन सहयोग गर्ने विज्ञापन दाता पत्रकार, कर्मचारी, शुभेच्छुकलाई धन्यवाद दिनुभएको थियो ।
त्यस्तै पुर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटाले मोफसलमा स्थापन भएको टेलिभिजनले १४ औं र रेडियोले ८ औं वार्षिकोत्सव सम्म आइपुग्दाको तितामिठा अनुभव लिदै वार्षिकोत्सव मनाउन सफल भएकोमा शुभकामना दिनुहुँदै आगामी दिनमा अझ जनताको मन छुने कार्यक्रम प्रसारण गर्न सके मात्र टेलिभिजन र रेडियोको महत्व बढ्ने बताउनु भयो ।
कार्यक्रममा सञ्चालक सदस्य सन्दिप न्यौपाने, स्टेसन म्यानेजर हरिकृष्ण न्यौपाने, विराटनगर सम्वाददाता राकेश कर्ण लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
समाचार प्रमुख सुदीप अधिकारीले सञ्चालन गर्नुभएको थियो भने बजार व्यवस्थापन शाखा प्रमुख हिमाल भट्टराईले शाब्दिक शब्दले स्वागत गर्नु भएको थियो ।