कमल÷ नेपाल गणित समाज कोशी प्रदेशको दोस्रो अधिवेशनल आगामी कार्यकालका लागी नयां नेतृत्व चयन भएको छ ।
शनिवार दमक बहुमुखी क्याम्पसमा सम्पन्न अधिवेशनले अध्यक्षमा डी. बी. थापालाई सर्वसम्मत चयन गरेको छ ।
त्यस्तै उपाध्यक्षमा कुमार सुबेदी, सचिव बद्री तामांङ, कोषाध्यक्ष घनश्याम अधिकारी, सह सचिव बिक्रम राईलाई चयन गरेको समाजले जनाएको छ ।
त्यसैगरी सदस्यमा समीर दहाल, तेजकुमारी आचार्य,नरबहादुर तामांङ, रामनाथ पण्डित, टंक काफ्ले, चुडामणि भट्टराई निर्वाचित हुनुभएको हो ।
कार्यक्रममा गणित बिषयलाई आफ्नो सबैथोक संझेर योगदान गर्नुहुने अजीतलाल दास र डिग्री क्याम्पस मार्फत समाज मा रही अतुलनीय योगदान गर्नुभएका गणितज्ञ प्राध्याक डाक्टर राजुराम थापालाई सम्मान गरेको छ ।
कार्यक्रममा दमकक नगरपालिकाका उपमेयर रेगिना भट्टराई, कन्काई क्याम्पसका प्रमुख बिकास उप्रेती,शिक्षा समिति प्रमुख र नपा–९ का अध्यक्ष कुबेर भट्टराई लगायतले अधिवेशन सफलताका साथै नव निर्वाचित समितिलाई कार्यकाल सफलताको शुभकामना दिनुभयो ।
समाजको दोस्रो अधिवेशन सम्पन्न गर्नकालागी आवश्यक सहयोग सहित क्याम्पसको हल र प्रांगण उपलब्ध गराइदिनुहुने दमक क्याम्पसका प्रमुख यज्ञराज गिरी तथा क्याम्पस परिवार, खानाको ब्यवस्थापन मिलाईदिनुहुने दमक –८ का वडा अध्यक्ष तथा नपाका प्रवक्ता दीपेश दहाल, ब्याग उपलब्ध गराउनुहुने के. एम. सी.काठमाडौका प्रिन्सिपल सुनील गैरे,प्रतिनिधि कल्याण गौतम र डायरी र बलपेन प्रदान गर्नुहुने अस्मिता पब्लिकेशनका कृष्ण उप्रेतीहरू प्रति समाजले धन्यवाद ज्ञापन गरेको छ ।