कमल ÷ पतञ्जलि योग कमल गाउँ समिति कमल अन्तर्गत कमल ५ मा रहेको गौरिशङ्कर साधना केन्द्रले समेत नबौं राष्ट्रिय योग दिवस मनाएको छ ।
“गरौं योग रहौं निरोग” भन्ने नाराका साथ साधना केन्द्रका अध्यक्ष दिलिप आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पतञ्जलि योग समिति झापाका मिडिया प्रभारी उमानाथ भण्डारीले पानसमा बत्ती बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रम नियमित यो अभ्यास गर्नुका साथै प्ले कार्ड सहित पाडाजुँगी बजार परिक्रमामा गरेको युवा समिति संयोजक घनश्याम प्याकुरेलले जानकारी दिनुभयो ।
कार्यक्रममा समितिका उपाध्यक्ष प्रेम विमली र महिला समिति उपाध्यक्ष अम्बिका प्याकुरेल लगायतले योगको फाइदाका विषयमा बोल्नु भएको थियो ।