भद्रपुर । जिल्ला कारागार झापामा रहेका कैदीका लागि पुस्तक तथा खेलकुद सामाग्री हस्तान्तरण गरिएको छ ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघको १८ स्थापना दिवसको अवसरमा शनिवारविभिन्न मुद्दामा कैद भुक्तान गरिरहेका कैदीहरुको पठन संस्कृतिको विकासका लागि पुस्तक हस्तान्तरण गरिएको ेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाले जनाएको छ ।
जिल्लाका विभिन्न पुस्तक तथा स्टेसनरी व्यवसायीबाट संकलित १ लाख ५२ हजार ६३६ बराबरको पुस्तक, स्टेसनरी र खेल सामाग्री कैदीलाई प्रदान गरिएको महासङघ झापाले जनाएको छ । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङ्घ झापाका पदाधिकारीले कारागार भित्रै एक कार्यक्रमको आयोजना गरि कैदीलाई पुस्तक प्रदान गरेको हुन् ।
व्यवसायीले प्रदान गरेको पुस्तक तथा स्टेसनरी कारागारका आन्तरिक प्रसाशन प्रमुख तथा बन्दी विकास पुस्तकालयका अध्यक्ष मनोज लावती, उपाध्यक्ष भरत सार्की, सचिव रमेश पोख्रेल र अविरमण्डु माझिले ग्रहण गर्नुभएको थियो ।
व्यवसायीले विभिन्न विधाका पुस्तक प्रदान गरेको नेपाल पुस्तक तथा स्टेसनर व्यवसायी महासङघ झापाका उपाध्यक्ष खगेन्द्र गौतमले बताउनुभयो । उनका अनुसार कथा, कविता, उपन्यास, यात्रा संस्मरण, नाटक, फुटवल, भलिवल लगायत जीवन उपयोगी पुस्तक प्रदान गरिएको हो ।
नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंङघका झापा अध्यक्ष विनोद सापकोटाले जेलजीवनबाट मुक्त भएपछि नयाँजीवनको सुरुवात गर्न र जीवन शैलि परिवर्तन गर्न यी पुस्तकले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो । वहाँले भन्नुभयो,‘त्यसका लागि जेल जीवनलाई अध्ययनशिल बनाउनुहोस् ।’ उनले फुर्सदको यो समयमा पुस्तक पढेर जीवनलाई परिवर्तन बनाउन पनि अनुरोध गर्नुभयो ।
कारागारमा रहेका कैदीबन्दीहरुको ज्ञान, चेतना र सिर्जना फैलाउने उद्देश्यले पुस्तक हस्तान्तरण गरिएकाले यसको पूर्णरुपमा उपयोग गरी जीवनलाई ज्ञानबद्र्धक बनाउन पुस्तकले सहयोग गर्ने अध्यक्ष सापकोटाले बताउनु भएको छ ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघका कोशी प्रदेसका बरिष्ठ उपाध्यक्ष जीवन नेपाल पनि सहभागि थिए । वहाँले कारागारका कैदीबन्दीको हातमा पुस्तक परेपछि उनीहरुको व्यवहारमा परिवर्तन आउन सक्ने बताएका छन् । वहाँले पुस्तक मानसिक स्वास्थ्यका लागि पनिसहयोगी बन्ने अपेक्षा गर्नु भएको छ ।
कार्यक्रममा बन्दी विकास पुस्तकालयका सचिव रमेस पोख्रेलले नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघ झापाको खुलेर प्रशंसा गर्नु भयो । एक दिनको ८० र ७ सय ग्राम चामल सरकारले दिएको छ । सरकारको झिनो सुविधाले कारागार भित्र पुस्तक, खेलका सामाग्री लगायत बन्दीका आधारभुत आवस्यक्ता पुरा नभइरहेको अवस्थामा पठन सामाग्रीले आफुहरुलाई राहत दिएको वहाँले बताउनु भयो ।
वहाँले सङ्ख्यात्मकभन्दा पनि गुणात्मक किसिमका पुस्तकहरु प्राप्त भएकोमा खुसी व्यक्त गर्नु भयो । सचिव पोख्रेलले जेलबाट बाहिरिए पछि हामी कैद भुक्तान गरिसकेकालाई बाहिरी समाजले हेर्ने दृष्टिकोण फरक हुने गरेको गुनासो । ‘कानुन जानेर वा नजानेर गरेका गल्तिको सजाय भोगि सकेपछि पनि बाहिरी समाजले हामीलाई अपराधीकै संज्ञा दिने र अर्को अपराध घटाउने गरेको छ,’उनले भने ‘कैदीलाई बाहिरी समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन सरकारले चेतनामुलक कार्यक्रम संचालन गर्नुपर्ने उनले सुझाए ।
कार्यक्रममा नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासङघका केन्द्रिय सदस्य रविन बराल, प्रदेश उपाध्यक्ष राजकुमार दाहाल, झापा ४ का ईकाई अध्यक्ष दुर्गा घिमिरे र व्यवसायी महासङघका पदाधिकारीको सहभागिता थियो । झापा कारागार भित्र आयोजना भएको कार्यक्रमको सहजिकरण सचिव चन्द्रमणी घिमिरेले गर्नु भएको थियो ।