logo
शुक्रबार, साउन २९ २०८३

श्रीकिराँतेश्वर शिवपाञ्चायनको तेश्रो साधारण सभा सम्पन्न चन्दा दाता र जेष्ठ नागरीक सहित दर्जन बढी सम्मानित


  • कुइनेटो न्युज
  • आइतबार, चैत्र २० २०७८

कमल, चैत २० । झापाको कमल गाउँपालिका ३ सानोकेर्खा स्थित श्रीकिराँतेश्वर शिवपाञ्चायन मन्दिरको तेश्रो साधारण सभा सम्पन्न भएको छ ।
स्थानिय समाजसेवी तथा हिन्दु धर्मालम्विहरको सकृयतामा २०७२ सालमा स्थापना भएको मन्दिरले आज तश्रो साधारण सभा सम्पन्न गरेको हो ।
साधारणसभाले अध्यक्ष कुमार खतिवडाले प्रस्तुत गर्नुभएको अध्यक्षको प्रतिवेदन र कोषध्यक्ष राम सन्जेलले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सर्व सम्मतीले अनुमोदन गरेको छ ।

त्यसैगरी सोही अवसरमा मन्दिर निर्माणमा विभिन्नक्षेत्र बाट सहयोग गर्नुहुने सहयोगी दाता अन्तरगत ज्ञान वाहादुर मेन्याङ्गवो, गोविन्द वास्कोटा,, ईश्वर कार्कि, लिला गौतम, देउमान भट्टराई र विष्णु कार्किलाई सम्मान पत्र तथा रामनामी बाट सम्मान गरिएको थियो ।
त्यसैगरी जेष्ठ नगरिक तर्फ लाल बहादुर कार्कि, ठाकुरनाथ सुवेदी, कोपिला सुबेदी, जमानसिंह भट्टराई लगायत १५ जना भन्दा बढी जेष्ठ नागरिकलाई रामनामी बाट सम्मान गरिएको मन्दिर व्यवस्थापन समितीले जनाएको छ ।
मन्दिरका अध्यक्ष कुमार खतिवडाको अध्यक्षतामा सम्पन्न साधारण सभामा प्रमुख अतिथी श्री नम्वर २१ वाहिनीपति सहायक रथी कृष्णप्रसाद भण्डारी कमल गाउँपलिका ३ नम्वर वडा अध्यक्ष नर प्रसाद दंगाल, शहिदधर्मभक्त माध्यमिक विध्यालयका सहायक प्रधानाध्यापक मधुसुदन अधिकारी लगायतले साधारण सभा सफलताको शुभकामना भन्तव्य राख्नुभएको थियो ।
कार्यक्रम मन्दिरका सचिव रविन सुब्बाले सन्चालन गर्नु भएको थियो भने सदस्य मिना घिमिरेले स्वगत मन्तव्य राख्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend