logo
शुक्रबार, साउन २९ २०८३

नेपाल हृदयरोग निवारण प्रतिष्ठानबाट कनकाई नगरपालिकालाई सम्मान

यो सम्मान सम्पूर्ण नगरबासीको हो ः नगर प्रमुख पोखरेल


  • कुइनेटो न्युज
  • शनिबार, पुष २८ २०८०

कनकाई ÷ झापाको कनकाई नगरपालिकालाई नेपाल हृदयरोग निवारण प्रतिष्ठानले सम्मान गरेको छ ।

प्रतिष्ठानले यहि पौष २७ र २८ गते ललितपुरको जावलाखेलस्थित बगैंचा रेष्टुरेण्टमा आयोजना गरेको ३२औं केन्द्रिय सभाको अवसरमा कनकाई नगरपालिकालाई विशेष सम्मान गरेको हो । नगर क्षेत्रमा सूर्तिजन्य पदार्थ विक्रि वितरण साथै सेवन गर्न नियन्त्रण र निषेध गर्ने ऐन (२०८०) जारी गर्दै मानिसको स्वास्थ्यमा प्रत्यक्ष असर गरी मुटु रोग, दीर्घ स्वासप्रश्वास, क्यान्सर जस्ता नसर्ने घातक रोगहरुबाट नगरबासीलाई जोगाउन नगरपालिकाको तर्फबाट खेलेको महत्वपूर्ण भुमिकाको उच्च मुल्याङ्कन गर्दै कनकाई नगरपालिकालाई सम्मान गरेको आयोजक संस्थाका केन्द्रिय अध्यक्ष बलराम न्यौपानेले बताएका छन् । कनकाई नगरपालिकाले गरेको ऐतिहासिक निर्णयबाट नेपाल हृदयरोग निवारण प्रतिष्ठानको उद्येश्य प्राप्तीमा थप उर्जा मिल्ने विश्वास गरिएको अध्यक्ष न्यौपानेले बताउनु भयो ।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानले गरेको सम्मानसँगै थप जिम्मेवारी आएको बताउँदै कनकाई नगर प्रमुख पोखरेलले यो सम्मानको कदर गर्दै यसलाई जोगाएर राख्ने प्रतिवद्धता जनाउनुभयो । प्रतिष्ठानका तर्फबाट संचालन गरेको मुटु रोगसँग सम्बन्धित अभियानलाई हरेक पालिका सम्म पुर्याउँन अनुरोध गर्दै नगर प्रमुख पोखरेलले अभियानमा कनकाई नगरपालिकाको पूर्ण साथ रहने बताउनुभयो ।

सम्मान ग्रहणसँगै गोल्यान समूहको जनता एग्रो एण्ड फरेष्ट्री लिमिटेडसँग व्यवसायीक कृषिका माध्यमबाट उचित मूल्य र बजार प्रबर्धन गर्ने गरी सम्झौता गर्ने कार्यक्रम समेत रहेको हुँदा कनकाई नगरपालिकाबाट नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको नेतृत्वमा आवश्यक्ता अनुसार नगरपालिकाका प्रतिनिधिहरुको उपस्थिती रहेको बताइएको छ । टोलीमा उपप्रमुख आशा शिवाकोटी सहित नगरका वडाअध्यक्षहरु, कार्यपालिका सदस्य, राजनीतिक दलका प्रतिनिधि, बजार व्यवस्थापन समितिका प्रतिनिधि सहितको टोली कार्यक्रम स्थलमा सहभागी भएको नगरपालिकाका प्रवक्ता कृष्णवहादुर राईले जानकारी दिनुभयो । सम्मान ग्रहणसँगै सम्बोधनका क्रममा कनकाई नगरपालिकाका प्रमुख पोखरेलले नगरपालिकाले गरेको निर्णयमा स्थानीय मुख्य राजनीतिक दल सहित सम्पूर्ण कनकाई नगरबासी हकदार भएको बताउनुभयो ।

प्रतिष्ठानका केन्द्रिय अध्यक्ष बलराम न्यौपानेको सभापतित्व एवं प्रतिष्ठानका संरक्षक डा.मृगेन्द्रराज पाण्डेको प्रमुख आतिथ्य रहेको कार्यक्रमको पहिलो सत्रमा शाखा सुदृढीकरणका उपायहरु, बाल मुटुरोग रोकथाम सहित अन्तक्रिया कार्यक्रम सम्पन्न भएको प्रतिष्ठानका झापा अध्यक्ष सन्तोष अग्रवालले जानकारी दिनुभयो । प्रतिष्ठान झापाका सह–सचिव रामप्रसाद निरौलाले आगामी योजना सहित झापाको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रममा अन्य जिल्ला साथै प्रदेशका तर्फबाट समेत आआफ्नो प्रगति विवरण प्रस्तुत गरिएको थियो । प्रतिष्ठानका केन्द्रिय महासचिव बालगोविन्द विष्टले स्वागत गरेको कार्यक्रमको संचालन प्रोग्राम अफिसर बिमला महर्जनले गर्नुभएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend