कमल ÷ झापाको कमल गाउँपालिका ५ स्थित मङ्गलमय माध्यमिक विद्यालयले आज एक कार्यक्रमका बिच आफ्नो ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको छ ।
विक्रम सम्मत २०२८ साल पुस २७ गते स्थापना भएको विद्यालयले आज विभिन्न व्यक्तिलाई सम्मान तथा पुरस्कृत गर्दै आफ्नो ५२ औं वार्षिकोत्सव तथा अभिभावक दिवस मनाएको हो ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पानसमा बक्ति बालेर कार्यक्रमको उद्घाटन गर्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तीर्थ बहादुर थापाको अध्यक्षतामा सम्पन्न वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको कमल गाउँपालिका अध्यक्ष हुकुमसिंह राइर्, शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार बिक, शिक्षक महासंघ कमलका अध्यक्ष हिमप्रसाद दाहाल लगायतले कार्यक्रम सफताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
वार्षिकोत्सव कार्यक्रमको अवसरमा विद्यालयले विद्यालय प्रगति र उन्नतीका लागी विभिन्न क्षेत्र बाट सहयोग पुर्याउने सामाजिक व्यक्तित्व तथा पूर्व विद्यार्थी, अभिभावकलाई सम्मान तथा पुरस्कृत गरेको छ ।


यसरी सम्मानित हुनेहरूमा पूर्व विद्यार्थीका तर्फ बाट कमल नगर अस्पतालमा कार्यरत डाक्टर फुलक चन्द लावती र कोहबरा आधारभुत स्वास्थ्य चौकीमा कार्यरत सृजना राजवंशी तथा अभिभावक तर्फ मंगल सिंह ताजपुरिया र सम्ममति राई र संघ संस्थाको तर्फ वर्कफर नेपाल र लखनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिलाई खादा र सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
त्यस्तै अक्षयकोष पुरस्कारका तर्फ बाट नविन लामिछाने,मुना बानिया नगद चार हजार नगद सहित पुरस्कृत गरिएको थियो भने शिक्षक तथा कर्मचारी तर्फ बाट ओम प्रसाद अभिनारायण तिम्सिना,महेन्द्र प्रसाद घिमिरे,डम कुमारी राई लगायत ९ जना शिक्षक तथा कर्मचारीलाई खादा तथा सम्मान पत्र द्वारा सम्मान गरिएको थियो ।
त्यसैगरी अग्रेजी भाषा बाट मन्तव्य राख्ने विध्यार्थी तुलसा बस्नेतलाई नगद ३ हजार रुपैयाले पुरस्कृत गरिएको विद्यालयले जनाएको छ ।
कार्यक्रममा जंग फुडले विध्यार्थिको स्वास्थ्यमा पुर्याउने गरेको असरका विषयमा लघु नाटका साथै विभिन्न साङ्गितिक कार्यक्रम समेत भएको थियो ।
विध्यालयका प्रधानाध्यापक मोहन कुमार बगालेले विद्यालयको संक्षिप्त प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने सहायक प्रधानाध्यापक डम्बर पोख्रेलले कार्यक्रमको औचित्य सहित स्वगत मन्तव्य राख्नु भएको थियो ।
कार्यक्रम सञ्चालन विद्यालयका शिक्षक महेन्द्र प्रसाद घिमिरे,चाईना सापकोटा,सरोज श्रेष्ठ र भिम कुमारी बस्नेतले गर्नु भएको थियो ।