नेकपा एमालेका स्थाई कमिटी सदस्य तथा कोशी प्रदेशका प्रदेश सभा सदस्य हिक्मतकुमार कार्कीले आफ्नु निर्वाचन क्षेत्रमा शिलान्यास गरेका योजना समयमा नै सम्पन्न गर्न निर्माण कम्पनी तथा सम्बन्धित निकायलाई निर्देशन दिनु भएको छ ।
प्रदेश सभा सदस्य कार्कीको निर्वाचन क्षेत्र झापा क्षेत्र नम्बर ५ (क) अन्तर्गत साविक तोपगाछी खण्डमा जनता आवास कार्यक्रम लागि निर्माण हुनलागेको कमल गाउँपालिका वडा नम्बर १ स्थित समिर टुडु सतारको घर शिलान्यास पछि आफ्नो मन्तव्यको क्रममा मन्त्री कार्कीले सो कुरा बताउनु भएको हो ।
जनता आवास कार्यक्रम अन्तर्गत कमल गाउँपालिकाको को वडा नम्बर १,२,३ र४ (साविक तोपगाछी खण्डका अतिविपन्न परिवारका लागी दुई कोठे १० वटा घर दुई महिना भित्र निर्माण सम्पन्न गर्ने गरी निर्देशन दिनु भएको हो ।
अहिलेको समयमा घर निर्माणका लागी विनियोजित रकम ३ लाख ५० हजार रुपैयाँ थोरै हो । तर यसलाई बृद्धी गर्नुपर्छ भन्ने सरकारमा कुरा उठेपनि अहिले देशको अवस्थाले गर्दा यो रकम बढाउन नसकिएको समेत कार्कीले बताउनु भयो ।
नेपालमा योजना संम्झैता गरेर विभिन्न बहाना समयमा पुरा नगर्ने प्रचलन छ । एक दुई वर्षमा निर्माण पुरा हुने काम समेत वर्षौ सम्म अधुरो छोड्ने गरिएकोले आईन्दा त्यसो नगर्न समेत सांसद कार्कीले निर्देशन दिनुभयो ।
त्यस्तै कमल गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष केदार कटुवालले सांसद कार्कीको निर्वाचन क्षेत्रमा जम्मा १० जना विपन्न परिवारलाई योजना पार्दै गर्दा १० वटै घर साविक तोपगाछी खण्डमा परेको र त्यसमा ३ वटा आफ्नै वडाका विपन्न परिवारलाई योजना सिफारिस गरिदिनु भएकोमा सांसद कार्कीलाई धन्यवाद दिनुभयो ।
सप्तरी जिल्ला बाट सुरु भएको जनता आवास कार्यक्रम आर्थिक वर्ष २०७३÷०७४ बाट झापामा सुरु भएको हो । यो कार्यक्रम मार्फत घर निर्माण गर्दा लाभग्राही २२ फुट लम्बाइ र १५ फुट चौडाइ रहेको २ कोठाको घर निर्माण गर्नुपर्ने हुन्छ ।
घर निर्माण गर्दा एउटा मात्र रड राखेर १० इन्चको वाल लगाउनुका साथै झ्याल र ढोकामा सखुवा को काठ र छानामा रङ्गिन जस्तापाता लगाउनु पर्ने हुन्छ । यसका लागी लाभग्राहीलाई जनता आवास कार्यक्रम मार्फत ३ लाख ५० हजार रुपैयाँमा प्राप्तहुने शहरी विकास तथा भवन कार्यालय इलामका इन्जिनियर सुरज वस्तिले जानकारी दिनुभयो ।
त्यसमा १० प्रतिशत जन श्रमदानमा लाभग्राही आफैले सुलभ शौचालय निर्माण गर्नुपर्ने समेत वस्तिले बताउनु भयो ।
चक्र बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रम दीप किरण बस्नेतले सञ्चालन गर्नु भएको थियो ।