दमक ,चैत २० आइतवारे टोल विकास संस्था दमक ८ले आज नवनिर्मित्त स्वागतद्धार एक कार्यक्रमको आयोजना गरेर उद्घाटन गरेको छ ।
दमक ८ को आइतवारे टोलमा निर्माण गरिएको प्रवेशद्धार र टाइयल बिछाएको सडकको उद्घाटन दमक नगरपालिकाको उपप्रमुख गीता अधिकारीले रिबन काटेर गरेको हो । टोल बिकास संस्थाका अध्यक्ष अमृत बहादुर निरौलाको अध्यक्षतामा भएको कार्यक्रमकी प्रमुख अतिथि दमक नगर पालिकाको उपप्रमुख गीता अधिकारीले टोलवासीहरुकै लगानीमा तयार भएको स्वागत द्धार र सडक निर्माणको प्रशंसा गर्नु भयो ।
यस्ता जन सहभागिताको काममा सहकार्य गर्ने उहाँको भनाई छ । कार्यक्रमका अतिथि दमक ८ का वडा अध्यक्ष पशुपति गौतम ,राप्रपा दमक नगर समिति अध्यक्ष हेम सुवेदी र स्वागत द्धार निर्माण उपभोक्ता समिति उपाध्यक्ष राम प्रधान लगायतले बोल्नु भएको छ ।
सोही कार्यक्रममा आइतवारे टोल बिकास संस्थाले टोली भित्रका ज्येष्ठ नागरिक २ जनालाई सम्मान गरेको छ । सम्मानितहरु टंक माया कटेल र धनकुमारी प्रधान रहनु भएको छ । स्वागत द्धार बनाउन १ लाख बढी सहयोग गर्ने सुकमाया कन्दङवा ,ज्येष्ठ नागरिक कटेल र प्रधानलाई प्रमुख अतिथि नगर उपप्रमुख अधिकारीले दोसल्ला ओढाएर सम्मान गरेको निर्माण समिति सचिव सन्त किरातीले जानकारी दिनु भयो ।
स्वागत द्धारको चौडाइ २० फुट ,लम्वाई ४सय ५० मिटर रहेको सो सडक, पक्की ढल ढाली बिछाउने लगायतका कामको अनुमानित लागत ११ लाख बढी खर्च भएको निर्माण समितीले जनाएको छ ।