logo
शुक्रबार, साउन २९ २०८३

प्याब्सन कमलको दोश्रो साधारण सभा सम्पन्न


  • उमानाथ भण्डारी
  • शनिबार, पुष २१ २०८०

 शिखरकट्टेरी । निजी तथा आवासीय विद्यालय अर्गनाईजेसन नेपाल प्याब्सन कमलको दोश्रो साधारण सभा सम्पन्न भएको छ ।
इलामको चुलाचुली गाउँपालिका ५ स्थित अन्दा राजारानी रिसोर्टको सभाहलमा सम्पन्न साधारण सभाको कमल गाउँपालिकाका शिक्षा शाखा प्रमुख सुर्य प्रसाद न्यौपानेले पानसमा बत्ती बालेर उद्घाटन गर्नु भएको थियो ।
कार्यक्रमको उद्घाटन पछि आफ्नो मन्तव्यका क्रममा  न्यौपानेले भन्नुभयो कमल गाउँपालिकाको शिक्षाको उन्नतिका लागी  प्याब्सन कमलले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । त्यसैगरी  प्याब्सनले विद्यार्थीको अन्तरनिहित क्षमता प्रस्फुटन गर्नका लागी शैक्षिक गतिविधिका साथै अतिरिक्त कृयाकलाप  समेत आयोजना गर्ने गरेको छ जसले गर्दा  विद्यार्थीलाई  शिक्षण सिकाइमा  थप सहयोग पुग्ने गरेको  समेत न्यौपानेले बताउनुभयो  ।
साधारण सभामा  प्याब्सन कमलका अध्यक्ष बदीराम राईले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष  राम आङ्देम्बेले प्रस्तुत गर्नु भएको आर्थिक प्रतिवेदन सुझाव सहित  पारित गरिएको थियो ।
कार्यक्रममा प्याब्सन  झापाका अध्यक्ष गौरीमान फागो, सल्लाहकार रामहरी घिमिरे, एन प्याब्सन कमलका प्रतिनिधि हजेन्द्र बस्नेत लगायतको उपस्थिति रहेको थियो ।
प्याब्सन कमलका अध्यक्ष बदी राम राईको अध्यक्षतामा सम्पन्न समामा उपस्थित अतिथिलाई जिल्ला सदस्य त्रिलोचन  गौतमले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो भने  कार्यक्रम प्याब्सन कमल सचिव  दीपक संग्रौला   सञ्चालन गर्नु भएको थियो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend