कमल । झापाको कमल गाउँपालिका ३ स्थित केर्खा खेल मैदानमा लिम्बू समुदायले मनाउने चासोक तङनामको सम्पुर्ण तयारीे भैरहेको छ
याक्थुड युवा मञ्च कमलको आयोजनामा हुन गैरहेको चासोक तङनामको सम्पुर्ण तयारीे पुरा भएको हो ।
अघिल्ला वर्ष झै यसवर्ष पनि यहि पुस २१ गते शनिवार(भोली) बृहत साँस्कृतिक कार्यक्रम सहितको चासोक तङनाम उधौली पर्ब २०८० (यले तङबे ५०८३ न्वागी पूजा) मनाउने सम्पुर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक भानु लिम्बुले बताउनु भयो ।
यसवर्षको चासोक तङनाम कार्यक्रम आठौ संस्करण भएको जनाउदै किराँत लिम्बू समुदायले चासोकलाई विभिन्न जातजाति र भाषभाषीहरुसँग जोडदै आपसी सदभावसहित शुभकामना साटासाट गरेर मनाउने गरीको तयारी गरिएको बताउनु भयो ।
कार्यक्रका अवसरमा केरखा र आसपास क्षेत्रका पालिकाहरुबाट केलाङ (याब्रुङ) नाच प्रतियोगितात्मक रुपमा सहभागि गराइनेछ भने राई, मगर, गुरुङ, सन्थाल लगायत १९ जातिय संघ सस्था द्वारा विभिभन्न झाँकी प्रस्तुतका साथै मौलिक संस्कृति झल्किने नाचहरु समेत प्रस्तुत गरिने छ ।
कार्यक्रम सम्पन्न गर्न निकै ठुलो बजेटको आवश्यक पर्छ । तर त्यो बजेट व्यवस्थामा हामि लागि परेका छौ , हमिलाई हाम्रा शुभचिन्तक विदेशमा रहनुहुने आफन्त लगायत बाट राम्रो सहयोग प्राप्त भएको छ । अहिले सम्ममा १२ लाख रुपैया सहयोग प्राप्त भै सकेको छ । कार्यक्रम सम्पन्न गर्न भै सके पछि हामी खर्चलाई सार्वजनिक गर्ने तयारीमा रहेको मुल आयोजक समितिका उपाध्यक्ष प्रकाश आङवोले बताउनु भयो ।
कार्यक्रममा याक्थुङ लिम्बू मुन्धुमविद यासेली योङहाङको प्रमुख आतिथ्य रहनेछ भने गायिका सुनिता थेगिम, चर्चित गायक ताराप्रकाश लिम्बू, सायल लिम्बू, सुनिता संयोग, सिद्धान्त खड्का, ममता हिङमाङ,राजन पन्धाक, चन्द्र फुरुम्बो, दुर्गा इङनाम, अम्वर योङहाङ , गीता नेम्वाङ र दुर्गा तुम्साले आ–आफनो कला प्रस्तुत गर्ने जनाइएको छ ।