logo
शुक्रबार, साउन २९ २०८३

नेपाल पशुपंशी औषधि व्यवसायी संघ मेची शाखाको अध्यक्षमा पुन ः मेचे निर्वाचित


  • कुइनेटो न्युज
  • बुधबार, पुष ४ २०८०

बिर्तामोड । नेपाल पशुपंशी औषधि व्यवसायी संघ मेची शाखाको ९ औं अधिवेशनबाट संघको अध्यक्षमा दोस्रो कार्यकालको लागी पुन ः महेशलाल मेचे निर्वाचित हुनुभभएको छ ।

उनले आफ्ना प्रतिद्वन्दी पुन्य प्रसाद भट्टराईलाई ३ मतको अन्तरले पराजित गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
मेचेले ३९ मत प्राप्त गर्नु भएको थियो वहाँ प्रतिष्पर्धीे भट्टराईले ३६ मत प्राप्त गर्नु भएको निर्वाचन समितिका संयोजक दिपक सुबेदीले जानकारी दिनुभयो ।
१ सय १६ मतदाता रहेको संघमा ८८ मत खसेको थियो जसमा १३ मत बदर भएको थियो ।अध्यक्ष बाहेका अन्य सबै पदमा सर्वसम्मत भएकोे थियो ।

जसमा उपाध्यक्षमा दिनेश चन्द्र भट्टराई ,डेनु मगर र भिम निरौला सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

त्यसैगरी सचीवमा खगेन्द्र रिजाल ,सहसचिवमा लक्ष्मी सापकोटा र कोषाध्यक्षमा दधिराम आचार्य निर्वाचित हुनुभएको छ , भने कार्यसमिति सदस्यमा बिस्णु घिमिरे ,राम कुमार गिरि ,नारायण बराल र दौलत गिरि ( रबिन ) सर्वसम्मत निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend