पाँचथर । पाँचथरको फिदिम बजारबाट करिव १ सय किलोमिटर पूर्व चिवा भञ्जाङमा एमालेका नेताहरू र स्थानीयवासीहरू एकाएका भेला भएका थिए ।
नेपाल तर्फ पाँचथर र भारत तर्फ सिक्किमको सिमानामा रहेको यस स्थानमा मानिसहरू एकाएक भेला भएपछि त्यहाँको माहोलले एकाएक उल्लासमय भएको थियो ।
यस ठाउँमा बिरलै मात्रामा यतीको संख्यामा सर्वसाधारणहरूको भेला हुने गर्दछन् । अझ राष्ट्रिय स्तरका नेताहरूको गन्तव्य त यहाँ परेकै छैन ।
तर बैतडीको झुलालघाट बाट सुरु भएको नेकपा एमालेको संकल्प यात्रा पाँचथरको चियाभन्ज्याङ पुगेर समापन भएको छ । सोहिक्रममा नेकपा एमालेका
पार्टी अध्यक्ष केपी शर्मा ओलीले चिवाभन्ज्याङको पुगेर जंगे पिलरमा चन्द्र सूर्य फहराएर संकल्प यात्राको समापन गर्नुभयो ।
आज छैटौँ राष्ट्रिय झण्डा दिवसका अवसरमा देशभरि विभिन्न कार्यक्रम आयोजना भइरहँदा संकल्प यात्रामा निस्किएको एमालेको टोलीका सदस्यहरू भने नेपालको पूर्वी सिमाना चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएका थिए ।
मध्य पहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू महासचिव शंकर पोखरेल, उपमहासचिवहरू, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्प यात्रामा छन् ।
झण्डै २ हजार किलोमिटर मध्यपहाडी यात्राको औपचारिक समापन नेपालको पाँचथरको र भारतको सिक्किमको सीमास्थित चिवा भञ्ज्याङमा दिउँसो सवा १२ बजे नेपालको राष्ट्रिय झन्डोत्तोलन गरी गरेका हुन् । मङ्सिर १४ देखि सुरुआत भएको झुलाघाट चिवाभञ्ज्याङ मध्यपहाडी पुष्पलाल लोकमार्ग समृद्धिका लागि सङ्कल्प यात्रा समापनको अवसरमा अध्यक्ष ओलीले झण्डोत्तलनसँगै शिलालेखक अनावरणसमेत गर्नुभएको थियो ।