कमल ÷ झापाको कमल गाउँपालिका २ मा मुख्य कार्यलय रहेको श्री पुर्व नेपाल बहुउद्येश्यीय सहकारी सस्थाको आज अन्तिम माईन्यूट प्रमाणी करण सभा सम्पन्न भएको छ ।
कमल गाउँपालिका ५ स्थित रोड स्टार पार्टी प्यालेसमा सम्मपन्न कार्यक्रम सस्थाका अध्यक्ष प्रेम सापकोटा को अध्यक्षमा सम्पन्न सभाको उद्घाटन साना किसान विकास लघुविक्त वित्तिय सस्थाका अध्यक्ष तथा राष्ट्रिय सहकारी महासंघका सदस्य खेम सापकोटाले पानसमा बत्ति वालेर उद्घाटन गर्नु भएको थियो ।
सभामा अध्यक्ष सापकोटा द्वारा प्रस्तुत प्रतिवेदनमा शेयर पुजी १७ करोड६१ लाख ९८ हजार ७०० , बचत ८२ करो १५ लाख ५९ हजार ८१४ बचत , १९ करोड ३४ लाख २९ हजार ८३७ बचतको कारोवार गर्दा ८ करोड ९२ लाख ४७ हजार ३३५ बचत भएको उल्लेख गरिएको छ ।
कार्यक्रममा सहकारी समन्वय समिति कमलका अध्यक्ष शरण कुमार पराजुली जिल्ला सहकारी संघ झापाका सहसचिव कृष्ण मिश्र, ईन्देणी बहुउद्येश्यीय सहकारी सस्थाका उपाध्यक्ष राजेन्द्र मिश्र लयाएतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा सस्थाका १२ वटै सेवा केन्द्र बाट एकएक जना जेष्ठ सदस्यलाई सम्मान समेत गरिएको थियो ।