logo
शुक्रबार, साउन २९ २०८३

कमल नगर अस्पतालले सेवा विस्तार संगै आवश्यक भौतिक संरचनाको निर्माणकार्य सुरु


  • कुइनेटो न्युज
  • शनिबार, मंसिर २३ २०८०

कमल ÷ कमल नगर अस्पतालले सेवा विस्तार गरे संगै त्यसलाई व्यवस्थित गर्नकालागी आवश्यक भौतिक संरचना समेतको निर्माण सुरु गरेको छ ।
अस्पतालले अहिले तत्कालकालागी आकस्मिक कक्ष र ल्यव सेवालाई सहज बनाउनकालागी ३ कोठे पक्कि भवनको निर्माणकार्य सुरु गरेको कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले जनाकारी दिनुभयो ।

अस्पतालमा दैनिक विरामीको चाप बद्न थाले संगै त्यसलाई व्यवस्थित गर्दै र ईमरजेन्सि (आकस्मिक कक्ष) र सबै खालका ल्याव सेवालाई प्रभावकारी बनाउन निर्माणाधीन भवन सम्पन्न भएपछि धेर्रै सहजहुने अध्यक्ष राईले बताउनुभयो ।

कमल नगर अस्पतालले गत फागुन १ गते बाट स्वस्थ्य विमा सुरु गरेको थियो ,। विमा बाट सेवा दिन सुरु गरे पछि स्वस्थ्य परिक्षण गराउन आउने विरामीको सख्यामा पनि दैनिक रुपमा वृद्धी भैरहेको स्वस्थ्य शाखा प्रमुख दिपक दाहालले जानकारी दिनु ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend