झापा ÷ पतञ्जलि योग समिति नेपालको आयोजना र अर्जुनधारा जलेश्वरधामको व्यवस्थापनमा झापामा सातदिने वृहत योग शिविर संञ्चालन भैरहेको छ ।
झापाको अर्जुनधारा नगरपालिका ७ स्थित अर्जुनधारा जलेश्वरधामको प्राङ्गणमा यही मंसिर १९ गते बाट सुरुभएको वृहत योग शिविर आगामी मंसिर २४ गते सम्म संचालन हुने पतञ्जलि योग समिति झापाका अध्यक्ष देबी प्रसाद घिमिरेले जानकारी दिनुभयो ।
शिविरमा झापाका १५ वटै पालिका बाट सक्रिय सह योग शिक्षक तथा सर्वसाधरण को उल्लेखनिय यपस्थिती रहेको छ । दैनिक विहान ४ बजे देखी ७ बजे सम्म सञ्चालन रहने शिविरमा उपस्थित सहभागीलाई पतञ्जलि योग समिति नेपालका केन्द्रिय प्रभारी लवदेब मिश्र, युवा समिति संयोजक लोकनाथ खनाल, केन्द्रिय सदस्य टिका प्रसाद खतिवडा लगायतले विविरमा सहजीकरण गरिरहनु भएको छ ।

त्यस्तै बालाचतुर्दशीका दिन बिहान आयुर्वेद शिरोमणी वालकृष्ण आचार्यले आहार विहार र योगका विषयमा तथा दिउसो झापामा जडीबुटी उत्पादनको सम्भावना, र झापालाई कसरी योग नगरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल तथा अन्तककृया गर्ने कार्यक्रम तय भएको अध्यक्ष घिमिरेले बताउनु भयो ।
जलेश्वरधाममा बालाचतुर्दशीका दिन एक देखी डेढलाख भक्तजनको उपस्थिती हुन सक्ने भएकोले त्यसको समेत आवास र भोजनको व्यवस्थापन भैरहेको समेत घिमिरेले बताउनु भयो ।