logo
शुक्रबार, साउन २९ २०८३

पातञ्जल योग समिति नेपालको तेश्रो राष्ट्रिय महाधिवेशन झापाको दमकमा सम्पन्न


  • उमानाथ भण्डारी
  • शनिबार, मंसिर १६ २०८०

कमल । पातञ्जल योग समिति नेपालको तेश्रो राष्ट्रिय महाधिवेशन झापाको दमकमा सम्पन्न भएको छ ।
दमक ६ स्थित पशुपति मन्दिरको सभाहलमा शुक्रवार बाट सुरु भएको अधिवेशन देशभर बाट आएका एक हजार भन्दा बढी प्रतिनिधिहरूको बिच आइतबार सम्म सञ्चालन हुनेछ । अधिवेशनले आगामी कार्यकालका लागी नयाँ कार्यसमिति समेत चयन गर्नेछ । महाधिवेशनसुरु हुनुभन्दा पहिले आज बिहान प्रभात फेरी गरिएको थियो ।

तेश्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन पछि शुभकामना मन्तव्यका क्रममा जगतगुरु अनन्त विभूषित बालसन्त मोहन शरण देवाचार्यले नेपाल योगीहरूको भूमि भएकोले यहाँका हरेक व्यक्तिले योग गर्न आवश्यक छ । मानिसमा बढ्दै गएको मानसिक तथा शारिरीक रुपका तनाव हटाउने भनेकै नियमित योग रहेको बताउनु भयो ।

त्यस्तै कार्यक्रममा बोल्दै केशी प्रदेशका विना विभागीय मन्त्री गणेश उप्रेतीले अब हरेक व्यक्तिले योग गर्न आवश्यक रहेको बताउनु भयो ।
अहिले नेपालमा योग सिकाउने थुप्रै सस्था भएपनि आधिकारिक योग प्रशिक्षक नभएकोले विद्यालयमा सुरु गरिएको योगको कक्षा सञ्चालन हुन सकेको छैन । यसका लागी नेपाल सरको कानुन बमोजिम दर्ता भएर आधिकारिक योग प्रशिक्षक उत्पादन गर्ने सस्था भनेकै पातञ्जल योग समिति नेपाल रहेको समितिको संस्थापक अध्यक्ष सुदर्शन सुवेदीले ठोकुवा गर्नु भयो ।

त्यस्तै कोशी प्रदेशका सांसद होम बहादुर थापा, दमक नगरपालिकाका प्रमुख राम बहादुर थापा, समाज सेवी गगन पुरी, पातञ्जल योग समिति नेपालका संस्थापक अध्यक्ष सुदर्शन सुवेदी, प्रदेश संयोजक केशव ताम्राकार, दमक नगर समिति अध्यक्ष अम्मर बस्नेत लगायतले महाधिवेशन सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

पातञ्जल योग समिति नेपालका केन्द्रिय अध्यक्ष बाल मुकुन्द सुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित अतिथि तथा सहभागीलाई पातञ्जल योग समिति नेपालका उपाध्यक्ष तथा कार्यक्रम संयोजक होम प्रसाद गौतमले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन समितिका महासचिव नवराज काफ्लेले गर्नु भएको थियो ।
कार्यक्रममा खुल्ला सत्रमा झापाका स्थानीय तहका जनप्रतिनिधि विभिन्न संघ संस्थाका प्रतिनिधि शैक्षिक संस्थाका प्रतिनिधि हरूको उपस्थिति रहेको थियो ।

 

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend