logo
शनिबार, साउन ३० २०८३

३ नम्वर वाडा कार्यलयले वालमैत्री घोषणा अभियान अन्तरगत विध्यालयको अनुगमन


  • कुइनेटो न्युज
  • शुक्रबार, चैत्र ११ २०७८

कमल, चेत ११÷ झापाको कमल गाउँपालिकाले वडा नम्वर ३ ले आफ्नो वडालाई वालमैत्री स्थानिय शासनयुक्त वडा घोषणा कार्यक्रम अन्तरगत आज वडामा रहेका विध्यालयको अनुगमन गरेको छ ।
ं अनुगमनका क्रममा आज वडा नम्वर ३ को केराधाप स्थित कन्चनजङ्गा आधारभुत विध्यालयको अगुगमन गरेको हो ।
जनप्रतिनिधी, राजनितीदलका प्रतिनिधी ,बालक्लवका प्रतिनिधी, संघ सस्थाका प्रतिनिधी ,वडाकार्यलयका कर्मचारी र संचारकर्मि सहितको संयुक्तले विध्यालयको अगुगमन गरिएको वडा अध्यक्ष नरप्रसाद दंगालले जानकारी दिनुभयो ।
कमल गाउँपालिका कार्यपालिकाको २०७७ साल फागुन १२ गते बसेको बैठकको निर्णय अनुसार “खुशी राखँै बालबालिकाको मुहार,बालमैत्री कमल समृद्धिको आधार”भन्ने नाराका साथ गाउँपालिकालाई वालमैत्री स्थानिय शासनयुक्त स्थानिय तहका रुपमा घोषणाका लागी हरेक वडाले प्रतिवद्धता जनाउनु भएको थियो ।
बालमैत्री गाउँपालिका घोषणा गर्नकालागी आवश्य पर्ने ५१ वटा सुचक मध्ये वडा नम्वर ३ अधिकास सुचक पुरा गरेको वडा कार्यालयले जनाएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend