logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु (फोटो फिचर)


  • उमानाथ भण्डारी
  • आइतबार, मंसिर १० २०८०

कमल । आज देखी संसार भर विभिन्न कार्यक्रम गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ ।
“लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता” भन्ने नाराका साथ झापाको कमल गाउँपालिकाले समेत विभिन्न कार्यक्रम गर्दै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाउन सुरु गरेको छ ।
दिवसको पहिलो दिनमा औपचारिक रुपमा गाउँपालिकाको सभाहल बाट सुरु भएको कार्यक्रमले लैङ्गिक हिंसा विरुद्धका प्लेकार्ड सहित क्याम्पा बजार परिक्रमा गरेको थियो ।
यो दिवसको सुरुवात सर्वप्रथम ल्याटिन अमेरिकाबाट भएको हो । सन १९८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकामा यो दिवस विश्वमै पहिलो पटक मनाइएको थियो ।

त्यहाँका महिलाहरू राज्यको शासनबाट यती पीडित थिए, न उनीहरूलाई स्वतन्त्रता पूर्व बस्न, खान र बाँच्न अवस्था थिएन । त्यति वेला महिलाहरूलाई कानुनी रुपमा घरभित्रबाट बाहिर निस्कन बन्देज गरिएको थियो । त्यसदिनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको कमल गाउँपालिकाका उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।

म हिंसा गर्दिन , म हिंसा सहन्न, हिंसा भएको देखेमा प्रतिकारमा गर्नेछु भन्ने प्रतिवद्धता पत्रमा हस्ताक्षर पछि शुभकामना मन्तव्यका क्रममा कमल गाउँपालिका वडा नम्वर ६ का वडा अध्यक्ष नरेन्द्र भट्टराईले नारालाई कार्यन्वयन गर्न अझै पनि समाजमा विभिन्न बाधा अवरोध आउने गरेको छ । नारालाई कार्यान्वयन गर्न खोज्दा केहि समय अगाडि मिडियाको गलत प्रचारका कारण आफू समस्यामा परेको अध्यक्ष भट्टराईले बताउनु भयो ।

त्यसैगरी गाउँपालिकाको तोपगाछी खण्डका महिलाको आज कमल नगर अस्पतालमा स्तन र पाठेघरको मुखको क्यान्सरको परिक्षण गरिएको थियो भने २२ गते लखनपुर क्षेत्रका महिलाको परिक्षण गरिने महिला तथा बालबालिका शाखा प्रमुख रिता कार्की ले बताउनु भयो ।
कार्यक्रममा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न दलका प्रतिनिधि, सामाजिक संघ संस्थाका प्रतिनिधि ,टोल विकास संस्थाका प्रतिनिधि ,स्काउट, शिक्षक विद्यार्थी ,महिला स्वयमंसेविका लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम कमल वाल सन्जालकी सचिव रञ्जना बस्नेतले सञ्चालन गर्नु भएको थियो भने कार्यपालिका सदस्य मनमाया सिटौलाले स्वागत मन्तव्य राख्नु भएको थियो ।

लैङ्गिक हिंसाको १६ दिने अभियान

यो दिवसको सुरुवात सर्वप्रथम ल्याटिन अमेरिकाबाट भएको हो । सन १९८१ को नोभेम्बर २५ का दिन ल्याटिन अमेरिकामा यो विवश विश्वमै पहिलो पटक मनाइएको थियो । त्यहाँका महिलाहरू राज्यको शासनबाट यती पीडित थिए, न उनीहरूलाई स्वतन्त्रता पूर्व बस्न, खान र बाँच्न अवस्था थिएन । त्यति वेला महिलाहरूलाई कानुनी रुपमा घरभित्रबाट बाहिर निस्कन बन्देज गरिएको थियो । त्यहाँका महिलाहरू त्यस्तो तानाशाह शासनको अन्त्य गरी ती महिलाहरू उन्मुक्ति हुन चाहन्थे ।
त्यसैको नेतृत्व त्यहाँका (पट्रीय मिनर्भा र मरिया तीन जना महिलाहरूले गरेका थिए। उनीहरूले नेतृत्व गरेको आन्दोलन यति विशाल रूप लियो जुन तत्कालीन अमेरिकन त्रुजिलो सकार दिनप्रतिदिन कमजोर बन्दै गयो । तीनवटी महिलाहरू शिक्षित र सचेत महिलाका रुपमा परिचित थिए ।

अन्याय नसहने स्वभावका उनीहरु तत्कालीन विजिलो तानाशाहीका विरुद्ध युद्ध गर्न समेत तयार थिए । सरकार विरुद्ध गरिएको त्यो आन्दोलनमा लाखौं लाख मानिसको जन सागर उर्लिएको थियो ।
त्यही समयमा त्यहाँको सरकारले तिनैजना महिलालाई राजद्रोहको आरोप लगाई पटक–पटक जेलमा हाल्यो र पुन ः त्यही तानाशाही सरकारले सन १९६० मा नोभेम्बर २५ मा तीनै दिदी बहिनीलाई निर्ममता पूर्वक हत्या गर्यो। उक्त हत्या पछि क्रुर सरकार यति तिरस्कृत भयो र झन सशक्त आन्दोलन चल्यो । त्यसको वर्षमा नै तानाशाही क्रुर सरकारको अन्त्य भयो । त्यसपछि त्यहाँका महिलाहरूले तानाशाही सरकारबाट उन्मुक्ति पाई स्वतन्त्र भए । त्यो घटनालाई महिला माथि हुने हिंसाका रुपमा लिनुका साथै त्यसैको सम्झनामा नोभेम्बर २५ देखि डिसेम्बर १० दिन सम्मको दिनलाई अन्तर्राष्ट्रिय जगतमा महिला हिंसा विरुद्ध १६ दिने अभियानको भइरहेको छ ।

नेपालमा अभियान र महिलाको अवस्था
नेपालमा १६ दिने अभियानलाई विशेष गरी वि। स। १९९७ देखि मनाउन थालिएको हो । वि.स. २००६ मा महिला विरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलन सम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि र वि. स. १९८९ को इच्छाधीन आलेखलाई अनुमोदन गर्न नेपाल सरकारको ध्यान आकर्षण गर्ने अभियान भएको छ ।
वि. स. २००८ मा महिला माथि हुने घरेलु हिंसा नियन्त्रण सम्बन्धी कानुन पारित गरियो । नेपालमा हाल आएर मुलुकी देवानी संहिता ऐन, २०७४ र मुलुकी फौजदारी कार्यविधि संहिता ऐन, २०७४ लागू गैसकेको छ ।
त्यसैगरी वि. स. १९९७ देखि हालको समय सम्म आई पुग्दा नेपालमा महिला माथि हुने हिंसाका सम्बन्धी व्यापक आवाज उठेका छन । अहिले यो अभियानसँगै महिला माथि हुने हिंसाका विरुद्ध खुलेर कुराकानी हुन थालिएको छ ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend