कमल । आन्तरिक राजश्व कार्यालय दमक आज एक कार्यक्रमका बिच विभिन्न उद्योग ,फर्म र सेवा प्रदायक संस्थालाई सम्मान गर्दै १२ औं राष्ट्रिय कर दिवस कार्यक्रम अन्तर्गत सप्ताह व्यापी कार्यक्रमको समापन गरेको छ ।
“ स्वस्च्छ , पारदर्शी र प्रविधिमैत्री कर प्रशासन, सामाजिक न्याय आर्थिक समृद्धि र सुशासन” भन्ने नाराका साथ दमक उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रममा उद्योग तर्फ कन्काई ग्यास उद्योग गौरादह , व्यापार तथा सेवा तर्फ लाइफ लाइन अस्पताल दमक , वित्तिय क्षेत्र तर्फ मेची बहुउद्देश्यीय सहकारी सस्था दमक लाई दोसल्ला तथा सम्मान पत्र बाट उत्कृष्ट करदाताको रुपमा सम्मान गरिएको छ भने कर्मचारी तर्फ कर अधिकृत लक्षण कार्कीलाई उत्कृष्ट कर्मचारीको रुपमा सम्मान गरिएको कार्यालयले जनाएको छ ।
कर प्रशासन र व्यवसायी बिच सुमधुर सम्बन्ध हुनु आवश्यक छ । हिजो कर कार्यलयका कर्मचारी आउँदा व्यवसायी डराएर भाग्ने अवस्था थियो तर आज त्यस्तो छैन । व्यवसायीहरूले पनि करलाई बोझ नमानी आफ्नो दायित्व हो भनी बुझ्नू पर्छ भने कर प्रसाशनले व्यवसायीलाई कर तिर्ने वातावरण बनाइदिनु पर्ने गौरादह उद्योग वाणिज्य संघका अध्यक्ष तथा कन्काई ग्यास उद्योगका सञ्चालक जित बहादुर कार्की बताउनुहुन्छ .

इलाका प्रशासन कार्यालय दमकका प्रमुख महेशराज तिम्सिनाले देशको आर्थिक निती अनुसार सम्मानित भएकामा सबैलाई धन्यवाद दिदै यसले आगामी दिनमा व्यवसायीहरूलाई थप उर्जा र प्रेरणा मिलोस् भन्ने शुभकामना दिनुभयो ।
एक तिर सरकारको खर्चका सिमा बढी रहेका छन् भने अर्को तर्फ देशमा भएको आर्थिक अवस्थाका कारण व्यवसायी कर तिर्न नसकेर पलायन हुने अवस्थामा आइपुगेका छन् यसलाई मिलाएर अगाडि बड्न सके मात्र सरकार र व्यवसायीलाई फाइदा हुने प्रमुख महेशराज तिम्सिनाले बताउनुभयो ।
आन्तरिक राजश्व कार्यालय दमकका प्रमुख लवकुमार अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल उद्योग वाणिज्य महाँसंध का केन्द्रिय सदस्य गोकुल श्रेष्ठ, दमक उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल गुरागाँई, इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब निरीक्षक मनोज कुमार लामा लगायतले १२ औँ राष्ट्रिय कर दिवस कार्यक्रम सफलताको शुभकामना मन्तव्य राख्नु भएको थियो । कार्यक्रम कार्यलयका कर अधिकृत सोवित घिमिरेले सञ्चालन गर्नु भएको थियो भने कर अधिकृत लक्षण कार्कीले शाब्दिक शब्द द्वारा स्वागत गर्नु भएको थियो ।
कार्यक्रममा झापाको माई पश्चिम रहेका पालिकाका उद्योगी व्यवसायी, व्यापार तथा सेवा प्रदायक संघ सस्था, तथा वित्तिय क्षेत्रमा संलग्न व्यवसायीहरू उपस्थिति रहेको थियो ।