logo
शुक्रबार, साउन २९ २०८३

हात्तीको आक्रमणले बेलडाँगीका एक शरणार्थीको मृत्यु


  • कुइनेटो न्युज
  • बुधबार, मंसिर ६ २०८०

कमल । झापाको दमक ३ स्थित भुटानी शरणार्थीका एक वृद्धको हात्तीको आक्रमणका कारण मृत्युु भएको छ ।

 

शिबिरको सेक्टर टु, हट नम्बर २५२ बस्ने ७२ वर्षका पदम तामाङको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

मृतक तामाङ दाउरा खोज्न भनी घरबाट हिजो बिहान ११:३० बजे नै निस्कनु भएको पारिवारिक श्रोतले उल्लेख गरेको छ ।

 

रातको अबेरसम्म समेत न आएपछी खोजी गर्ने क्रममा हिजो मंगलबार राती ९ वजे स्थानीय हंसे दुम्से सामुदायिक वनको परिसरमा मृत अबस्थामा तामाङको शव भेटिएको प्रहरीले बताएको छ ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend