कमल । सवारी दुर्घटनामा परि गएराती एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका ३ सानो केर्खा निवासी ६५ वर्षीय कृष्ण गिरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र प्रसाद रिजालले जानकारी दिनुभएको छ ।
पुर्व पश्चिम राजमार्ग अन्तर्गत कमल गाउँपालिका र शिवसतासी नगरपालिकाको सिमानामा पर्ने कमल पुलमा प्र —१—०१—०१४ प्र ९६७७ नम्बर मोटर साइकलले गिरीलाई ठक्कर दिएको थियो । मोटर साइकलको ठक्कर बाट घाईते भएका गिरीलाई उपचारको लागी बिर्तामोड लैजाँदै गर्दा बाटामै गिरीको मृत्यु भएको प्रवक्ता रिजालले बताउनु भयो ।
साँझ जङ्गली हात्ती आएकोले स्थानीय हरू हात्ती धपाउन सडकमा भेला भएका थिए । सोही समयमा पुल छेउमा उभिएका गिरीलाई मोटर साइकलले ठक्कर दिँदा गिरी पुलमुनि झरेका थिए ।