logo
शुक्रबार, साउन २९ २०८३

प्रथम मिडिया कप फुटसल प्रतियोगिताको उपाधि हरप्रहर मिडियाले जितेको छ


  • कुइनेटो न्युज
  • शुक्रबार, कार्तिक २४ २०८०

कमल ÷पत्रकार मञ्च दमकले आयोजना गरेको प्रथम मिडियाको फुटसल प्रतियोगिताको उपाधि हरप्रहर मिडियाले जितेको छ ।
सताशी प्रेस क्लबलाई १ का विरुद्ध ७ गोल गर्दै हरप्रहर मिडियाले उपाधी जितेको हो ।
हरप्रहरले नगद १५ हजार १५ रुपैया सहित ट्रफी ,मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उप विजेता बनेको सताशी प्रेस क्लबले नगद १० हजार रुपैया सहित मेडल,ट्रफी र प्रमाणपत्र पाप्तगरेको छ ।
“समाज रुपान्तरणका लागि जिम्वेवार पत्रकारीता, स्वस्थ्य जीवन र आपसी भाइचाराका लागि मिडियाको फुटसल प्रतियोगिता” भन्ने नाराका साथ झापा र दक्षिण इलाममा रहेका मिडिया हाउस हरु बिचको सम्बन्ध थप प्रगाढ बनाउन भन्दै मञ्चले पहिलो पटक फुटसल प्रतियोगिता आयोजना गरेको अध्यक्ष कमन देवानले जानकारी दिनुभयो ।
दमक नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्र बहादुर गुरुङको प्रमुख आतिथ्यमामा सम्पन्न कार्यक्रममा उद्घाटन कार्यक्रममा नेपाल पत्रकार महासंघ झपाकाका अध्यक्ष एकराज गिरी , इलाका प्रहरी कार्यालय दमक प्रहरी नायब उपरीक्षक मनोज कुमार लामा , मञ्चका पूर्व अध्यक्ष गजबहादुर दाहाल, पत्रकार जन्य संघ संस्थाका प्रमुख तथा प्रतिनिधि लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।
८ वटा टिम सहभागी रहेको टिममा समुह ए तर्फ बाट पहिलो खेलमा पाथिभरा एफएम लाई ११—१ गोल अन्तरले सीताक्षा प्रेस क्लब विजयी भएको थियो भने समुह बि तर्फ बाट पहिलो खेलमा पूर्वाञ्चल दैनिकलाई १४—१ गोल अन्तरले हरप्रहर न्युज विजयी भएको थियो ।


त्यस्तै समुह ए तर्फ बाट दोश्रो आयोजक पत्रकार मञ्च दमक लाई १०—२ गोल अन्तरले नेपाल खेलकुद पत्रकार मञ्च विजयी भएको थियो भने समुह बि तर्फ बाट दोश्रो खेलमा प्रेस चौतारी नेपाल (माई पश्चिम) लाई २—१ गोल अन्तरले माङसेबुङ न्युज डटकम विजयी भएको थियो ।
पहिलो सेमिफाइनलमा नेपाल खेलकुद पत्रकार मञ्च लाई १०—० गोल अन्तरले सताक्षी प्रेस क्लव विजयी भएको थियो भने दोश्रो सेमिफाइनल खेलमा माङसेबुङ न्युज डटकमलाई १३—१० गोल अन्तरले हरप्रहर न्युज विजयी भएको थियो ।

प्रतियोगिताको उत्कृष्ट गोल किपरमा हरप्रहर न्युजका चिरन्जीवी घिमिरे र विष्णु कार्की, सर्वाधिक गोल कर्ता हरप्रहर न्युज कै सुशन राई र उत्कृष्ट खेलाडीमा सताक्षी प्रेस क्लवका पवन राई हुनुभएको छ वहाँहरुले जनही नगद १५ सय का साथ ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नु भएको छ ।
त्यसैगरी मैत्रीपूर्ण खेलमा आयोजक पत्रकार ११ लाई ७—३ गोल अन्तरले रोटरी क्लबअफ दमक बिजयी भएको थियो ।

 

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend