logo
शुक्रबार, साउन २९ २०८३

नवोदय बहुउद्देश्यीय सहकारी संस्थाको २५ औं वार्षिक साधारणसभाका लागी ईकाइगत साधारणसभा सम्पन्न

आफूले लिएको कर्जा समयमा नतिरे कालो सुचीमा परिने


  • उमानाथ भण्डारी
  • आइतबार, कार्तिक १९ २०८०

कमल ÷ नवोदय बहुउद्देश्यीय सहकारी संस्था को २५ औं वार्षिक साधारणसभा सम्पन्न गर्न ईकाइगत साधारणसभा आज सम्पन्न भएको छ ।
गत कात्तिक १३ गते देखी धुलावारी र बुधबारे सेवा केन्द्र बाट ईकाइगत साधारणसभा सुरु गरेको संस्थाले आज मुख्य कार्यलय अन्तर्गत केर्खा सेवा केन्द्रको कमल३ स्थित शहीद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा साधारणसभा गरी ११ वटै सेवा केन्द्रको ईकाईगत साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष शरण कुमार पराजुलीको अध्यक्षता र कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीको प्रमुख आतिथ्यमामा साधारणसभा सम्पन्न भएको थियो ।
साधारण सभा सुरु हुनुभन्दा पहिले हरेक वर्ष जस्तै यस वर्षपनि रक्तदान कार्यक्रम गरिएको थियो । रक्तदान कार्यक्रममा ३० जनाले रगतदान गर्नु भएको थियो ।
सदस्यले सहकारी बाट कर्जा लिँदा आफ्नो क्षमता हेरेर मात्र लिने गर्नु पर्दछ । क्षमता भन्दा बढी कर्जा लिएर तिर्न नसकेमा कालो सुचीमा परिन्छ । यदि कालो सुचीमा परेपछि आफू लगायत आफ्ना सन्तानलाई समेत यसले असर गर्ने भएकोले सदस्यले बेलैमा ध्यान दिनुपर्ने कमल गाउँपालिकाकी उपाध्यक्ष प्रमिला न्यौपाने तिवारीले बताउनु भयो ।
सभामा संस्थाका निवर्तमान अध्यक्ष दिलिप कुमार चापागाईँ, नेपाल रेडक्रस सोसाइटी दमकका प्रमुख सिद्धार्थ दाहाल, सल्लाहकार समिति संयोजक डम्बर कुमार पौडेल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
२०५५ साल असार १६ गते स्थापना भएको सहकारीमा असार मसान्त सम्ममा १७ हजार ५४० जना सदस्य रहेका छन् । संस्थाको कुल शेयर पुँजी १२ करोड ९२ लाख २६ हजार ५०० रुपैयाँ रहेको छ ।
त्यस्तै संस्थाको कुल निक्षेप तर्फ ४३ करोड ५६ लाख ७० हजार ५४० रुपैयाँ रहेको छ भने कर्जा लगानी तर्फ ८२ करोड ९६ लाख २७ हजार ७९० रुपैयाँ रहेको अध्यक्ष शरणकुमार पराजुली द्वारा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
साधारण सभाको अवसरमा संस्थाले सञ्चालन गरेका विभिन्न कार्यक्रममा सहभागी भई विभिन्न विधाका उत्कृष्ट ७ जना लाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो ।
त्यस्तै विभिन्न कोषमा १२ करोड ३६ लाख २२ हजार ३०१ रुपैयाँ रहेको छ भने संस्थाको वाह्यकर्जा १८ करोड ३४ लाख ६८ हजार ८३१ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
त्यसैगरी संस्थाले कुल १६ करोड ७० लाख ३० हजार ६३३ रुपैयाँ आम्दानी गरेको मा १५ करोड ४७ लाख ९७ हजार २३५ रुपैयाँ खर्च भई १ करोड २२ लाख ३३ हजार ३९६ रुपैयाँ खुद नाफा गर्न सस्था सफल भएको प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
संस्थाको अन्तिम साधारण सभा माइन्युट प्रमाणीकरण ) आगामी २०८० साल कात्तिक २४ गते शुक्रवार शहीद धर्मभक्त माध्यमिक विद्यालयको सभाहलमा हुने संस्थाले जनाएको छ ।
कार्यक्रमको सञ्चालन सस्थाका निमित्त व्यवस्थापक रविन सुब्बाले गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend