logo
शुक्रबार, साउन २९ २०८३

कर्णाली बचत तथा ऋण सहकारी संस्था लि ले आफ्नो २३ औं वार्षिक साधारण सभाको लागि लखनपुर सेवा केन्द्रको प्रारम्भिक सदस्य भेला सम्पन्न

विशेष उपचार कोषमा सहभागी सदस्यलाई सुविधा वापतको रकम प्रदान


  • उमानाथ भण्डारी
  • शनिबार, कार्तिक १८ २०८०

कमल ÷ विशेष उपचार कोषमा सहभागी सदस्यलाई सुविधा वापतको रकम उपलब्ध गराउँदै कर्णाली बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २३ औं वार्षिक साधारण सभाको लागि लखनपुर सेवा केन्द्रको प्रारम्भिक सदस्य भेला कार्यक्रम सम्पन्न गरेको छ ।
बिर्तामोड नगरपालिका ४ मा मुख्य कार्यालय रहेको सहकारीले २३ औं वार्षिक साधारण सभा अन्तर्गत आज लखनपुर सेवा केन्द्रको प्रारम्भिक सदस्य भेला कार्यक्रम सम्पन्न गरेको हो ।
प्रारम्भिक सदस्य भेला कार्यक्रमको अवसर पारेर सहकारीले विशेष उपचार कोषमा आवद्ध भएर सेवा लिनुभएका सदस्यलाई कोषमा आवद्ध भएबापत पाउने सुविधा वापतको रकम वितरण गरेको छ ।
यसरी सुविधा पाउने सदस्यहरूमा मृगौला पीडित कमल ५ निवासी विष्णु बहादुर खत्री क्षेत्रीलाई ३ लाख ९६ हजार ७०० रुपैयाँ प्रदान गरिएको छ । त्यस्तै टिका कुमारी राईलाई ८ हजार ६००, शारदा तिवारीलाई १० हजार र समिता फागो लाई ६ हजार ४०० रुपैयाँ प्रदान गरिएको संस्थाका सचिव भुपाल बस्नेतले जानकारी दिनुभयो ।
सदस्यले विशेष उपचार कोषमा सहभागी हुन चाहेमा सुरुमा ५ हजार रुपैयाँ जम्मा गर्नु गर्नुपर्नेहुन्छ र परिवारको हकमा २ हजार र त्यसपछि वार्षिक १ हजार २०० रुपैयाँ तिरेर नवीकरण गर्नुपर्ने हुन्छ । त्यस पछि सदस्य बिरामी भएर उपचार गराउनु पर्ने भएमा बढीमा रोगको प्रकृति हेरी बढीमा १० लाख रुपैयाँ सम्म संस्थाले उपलब्ध गराउने लेखा तथा सुपरीवेक्षण समितिका सदस्य मन कुमार बेघाले जानकारी दिनुभयो ।
सदस्यले ब्रेनको अपरेसन, मृगौला ट्रान्सप्लान्टको अप्रेसन, घाँटी नलीको क्यान्सरको अप्रेसन, मुटुको अप्रेसन स्तन क्यान्सर लगायत ३ दर्जन बढी रोगको उपचार सुविधा उपलब्धहुने बेघाले बताउनुभयो ।
त्यस्तै सेवा केन्द्र अन्तर्गत जेष्ठ सदस्य सावित्रा देवी सापकोटा लाई नगद ३ हजार सहित खादा ओडाएर सम्मान गरिएको थियो ।
२०५७ सालमा स्थापना भएको संस्थाको अहिले सम्म झापाका १५ वटै पालिका मोरङ्गका ७ र इलामका ४ वटा पालिकामा कार्यक्षेत्र विस्तार गरिएको छ । जम्मा सेवा केन्द्र ४१ वटा पुगेको छ भने जम्मा सदस्य संख्या ५३ हजार ७८१ जना रहेको स्थाले जनाएको छ ।
सेवा केन्द्र सञ्चालक समिति संयोजक गौरिमान फागोको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहभागीलाई सदस्य सुरेन्द्र आङ्देम्बेले शाब्दिक शब्द द्वारा स्वगत गर्नु भएको थियो भने कार्यक्रम सेवा केन्द्र प्रमुख पर्शुराम गजुरेलले सञ्चालन गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend