logo
शुक्रबार, साउन २९ २०८३

केपी ओली भन्छन् : वैशाख ३० गते एमालेले देशभर एउटै कुचोले ५ दललाई बढार्छ


  • कुइनेटो न्युज
  • आइतबार, चैत्र ६ २०७८

फिक्कल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गते देशभरबाट एमालेले पाँच दलीय गठबन्धनलाई एउटै कुचोले बढार्ने टिप्पणी गरेका छन्।

‘एमालेबाट दुईचार जनाले छोडेर गए केही हुँदैन। ओइलिएका पात झर्न सक्छन्,’ उनले भने, ‘एमालेको सूर्य झन चम्किलो हुन्छ। देशभरीबाट पाँच दललाई एउटै कुचोले बढार्ने छ।’

उनले बैशाखमा हुने स्थानीय तहको निर्वाचनपछि आफूहरु अर्को चुनाव पर्खिरहेको पनि बताए।

इलामको फिक्कलमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

साझामन्च बाट

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend