logo
शुक्रबार, साउन २९ २०८३

कमल गाउँपालिकामा सम्पन्न चौथो अन्तर वडा स्तरीय नकआउट फुटबल प्रतियोगीको उपाधि वडा नम्बर ५ ले उचालेको छ(फोटो फिचर)


  • उमानाथ भण्डारी
  • शनिबार, कार्तिक ४ २०८०

                                                                     विजेता टिम संग वडा अध्यक्ष लाल वहादु विष्ट

कमल÷ झापाको कमल गाउँपालिकामा जारी चौथो अन्तर वडा स्तरीय नकआउट फुटबल प्रतियोगीको उपाधि वडा नम्बर ५ ले जितेको छ ।

कमल गाउँपालिका वडा नम्बर ७ विष्णु कठ्ठा स्थित श्री सिंहदेवी आधारभुत विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगिताको फाइनलमा वडा नम्बरलाई ४ लाई शून्यका विरुद्ध २ गोल गर्दै वडा नम्बरले ५ ले उपाधि उचालेको हो ।

            उपविजेता वडा नम्वर ४

      रेफ्रिलाई वल हस्तान्तरण गर्दै प्रमुख प्रशासकिय अधिकृत राजकुमार शाक्य

प्रतियोगिताको विजेता वडा नम्बर ५ ले नगद ४० हजार सहित प्रमाण पत्र,मेडल र ट्रफी प्राप्त गरेको छ भने उपविजेता वडा नम्बर ४ ले नगद २५ हजारका साथै प्रमाण पत्र, मेडल र ट्रफी प्राप्त गरेको छ । फाईलन खेलको म्यान अफ दी म्याच वडा नम्बर ५ का अशोक राई हुनुभएको थियो ।
त्यस्तै प्रतियोगितामा वडा नम्बर ४ का लक्ष्मण बेघा सर्वाधिक गोलकर्ता , वडा नम्बर ५ का युनिस मगर सर्वोकृष्ट गोल कर्ता र वडा नम्बर ५ का उत्तम कार्की उत्कृष्ट गोल रक्षकको रुपमा पुरस्कृत हुनुभएको थियो । वहाँहरूले नगद सहित प्रमाण पत्र, मेडल र ट्रफी प्राप्त गर्नु भएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend