कमल÷ झापाको कमल गाउँपालिका ३ स्थित श्री शहीद धर्मभक्त माध्यमिक विद्यालयले मंगलबार नेपालीहरूको महान चाड बडा दसै , शुभ दिपावली, छैट लगायत सम्पूर्ण पर्वहरुको अवसरमा शुभकामना आदान प्रदान, अनिवार्य अवकाश प्राप्त शिक्षकहरुलाई सम्मान तथा विदाईका का साथै अक्षयकोष मार्फत उत्कृष्ट विद्यार्थीलाई पुरस्कृत गरेको छ ।
विद्यालय बाट अनिवार्य अवकाश प्राप्त शिक्षकमा विद्यालयमा लामो समय देखि प्रधानाध्यापकका रूपका कार्यरत शिक्षक काजीमान पौडेल, र ओम प्रकाश खड्का शिक्षकहरुमा शिक्षक कुवेरधन अधिकारी,जनार्दन घिमिरे र लहरी लुइँटेललाई सम्मान पत्रद्वारा सम्मान गर्दै उपहार सहित बिदाई गरिएकोे विद्यालयका प्रधानाध्यापक मधुसुदन अधिकारीले बताउनु भयो ।
त्यसैगरी विद्यालयमा स्थापित अक्षयकोष मार्फत पुरस्कृत विद्यार्थीहरू रामकुमार गोमादेवी दंगाल अक्षयकोष बाट पुरस्कृत हुनु विद्यार्थी प्रतीक लिम्बू र पुजना लिम्बू , तेज बहादुर खापुङ्ग स्मृति अक्षयकोष बाट पुरस्कृत हुने विद्यार्थी हरुमा कक्षा ८ बाट उत्कृष्ट स्थान हासिल गर्ने छात्रा तर्फ गरिमा भुजेल र प्रकृति अधिकारी ,छात्र तर्फ जीवन खनाल र सुगम पोख्रेल तथा एसईई २०७९ मा उत्कृष्ट नतिजा हासिल गर्ने छात्र घनश्याम घिमिरे र छात्रा श्रीयाङ्सी ढुङ्गेललाई पुरस्कृत गरिएको थियो
त्यस्तै भागवत न्यौपाने स्मृति अक्षयकोष बाट कक्षा १२ मा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थी तर्फ छात्रा सर्चना भट्टराई र छात्र ख्याम बहादुर विशंखे तथा रुद्र प्रसाद चापागाईँ स्मृति अक्षयकोष बाट खेलकुद तथा अतिरिक्त कृयाकलाप तर्फ उत्कृष्ट नतिजा हासिल गने विध्यार्थी हरुमा नम्रता धिताल ,सचिना मावो, तुलसा लम्जेल र मनोज भण्डारी पुरस्कृत हुनु भएको प्रधानाध्यापक अधिकारीले जानकारी दिनुभयो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लेखनाथ खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कमल गाउँपालिका शिक्षा शाखा प्रमुख सूर्यप्रसाद न्यौपाने,शिक्षक प्रतिनिधि टेकराज तिम्सिना विदाई हुनुहुने शिक्षक काजिमान पौडेल र ओम प्रकाश खड्काले बेल्नु भएको थियो ।
कार्यक्रमको सञ्चालन शिक्षक भिम चन्द्र न्यौपानेले गर्नुभएको थियो ।