logo
मंगलबार, कार्तिक ११ २०८३

एनएमबी बैक केर्खाको नयाँ कार्यालय  बाट कारोबार सुरु


  • उमानाथ भण्डारी
  • मंगलबार, असोज ३० २०८०

कमल÷ एनएमबी बैक केर्खा शाखाले आज  बाट नयाँ कार्यालय  बाट आफ्नो कारोबार सुरु गरेको छ ।
कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राई, उपाध्यक्ष प्रमिला तिवारी न्यौपाने र   बैकका  एरिया ३ का मेनेजर नरेन्द्र सुवेदीले सयुक्त रुपमा रिबन काटेर नयाँ कार्यलयको उद्घाटन  गर्नु भएको थियो ।
गाउँपालिका अध्यक्ष राईले  बैंकले ग्रामीण क्षेत्रमा रहेर  सेवा पुर्याएको चर्चा गर्दै  गाउँपालिका सँगको सहकार्यमा सामाजिक सुरक्षा भक्ता वितरणमा समेत  बैंकको सहयोग रहेको बताउनु भयो ।
नेपालका उत्कृष्ट बैक हरु मध्ये ५ औं नम्बरमा रहेको यो बैकले देशभर २ सय १ वटा शाखा बाट कारोबार गरिरहेको  छ र बैकलाई यो स्थान सम्म पुर्याउन  ग्राहकको ठुलो साथ  र सहयोग रहेको  बैकका एरिया  नम्बर ३ का मेनेजर नरेन्द्र सुबेदीले बताउनु भयो ।
नयाँ कार्यालय बाट सेवा प्रवाहका अवसरमा  बैकका बिडिएम प्रमोद शर्मा, स्थानिय संघ संस्थाका प्रतिनिधि, स्थानीय व्यवसायी ,  शिक्षक  लगायतको उपस्थिति रहेको रहेको थियो भने कार्यक्रमको सहजिकरण बैंक का केर्खा शाखाका  प्रबन्धक चित्र न्यौपानेले गर्नु भएको थियो ।

 

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend