logo
शुक्रबार, साउन २९ २०८३

आन्दोलनरत कर्मचारी द्वारा प्रमुख÷उपप्रमुख÷अध्यक्ष÷उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई ऐक्यबद्धता र सहजिकरणका विषयमा जानकारी


  • कुइनेटो न्युज
  • मंगलबार, असोज २३ २०८०

कमल ।  स्थानीय तहका कर्मचारीले आफ्ना विभिन्न मागहरू राखेर सुरु गरेको अनिश्चितकालीन आन्दोलन अझै जारी छ ।
संघीय निजामती सेवा विधेयकको विरोधमा विभिन्न माग राखेर सुरुगरेको अनिश्चितकालीन आन्दोलनका बारेका आज आज ७५३ वटै स्थानीय तहका प्रमुख÷उपप्रमुख÷ अध्यक्ष÷उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई ऐक्यबद्धता र सहजिकरणका विषयमा जानकारी गराइएको आन्दोलनरत कर्मचारीले जनाएका छन् ।
यसैक्रममा स्थानीय तहमा कार्यरत कर्मचारीहरूको हक हितको लागि स्थापित स्थानीय संघर्ष समिति कमल गाउँपालिकाले समेत अध्यक्ष÷उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई ऐक्यबद्धता र सहजिकरणका विषयमा जानकारी गराइएको स्थानीय संघर्ष समिति कमलका गाउँपालिकाका संयोजक अमृत कुमार शाहले जानकारी दिनुभयो ।
स्थानीय तहका कर्मचारीले माग पुरा नहुन्जेल सम्मको लागि कार्यलयबाट अत्यावश्यक काम बाहेक अन्य सबै सेवाहरू प्रवाह नगर्नेगरी अनिश्चितकालीन पेनडाउन गर्ने निर्णय भएको समेत संघर्ष समितिले जनाएको छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend