logo
शुक्रबार, साउन २९ २०८३

सीता टेलिसिरियल प्रशारण सुरु


  • कुइनेटो न्युज
  • बुधबार, असोज १० २०८०

कमल ।  घरेलु हिंसाको विषयवस्तु उठान गरेको पारिवारिक टेलिसिरियल ‘सीता’को प्रसारण सुरु भएको छ। सहिन प्रजापतिको लेखन तथा निर्देशनमा बनेको सिरियल हिमालय प्रीमियम टेलिभिजनबाट प्रसारण सुरु भएको हो।
हरेक मंगलबार राती ८ बजे टेलिभिजनबाट प्रसारण हुने सिरियल आरटि इन्टरटेन्मेन्ट युट्युब च्यानलमार्फत आफुले चाहेको समयमा हेर्न सकिनेछ। गरिबिको पिडा, महिला माथिको विभेद, शिक्षाबाट बञ्चित चेलिको अवस्था र सामाजिक समस्याहरुलाई सिरियलमा मुख्य रुपमा उठान गरिएको छ ।
https://www.youtube.com/watch?v=aT1DwoeTayc&t=506s
सिता नाम दिएर सिरियलमा विम्बको रुपमा प्रस्तुत गरिएको छ । सिताको भूमिकामा सुनिसा बजगाईँले सशक्त अभिनय गरेकि छिन् । त्यस्तै लेखक तथा निर्देशक सहिन प्रजापतिको अभिनय पनि हेर्न सकिन्छ । त्यस्तै बालकृष्ण ओलिले सिताको जड्याहा श्रीमानको भूमिका निभाएका छन् । त्यस्तै राजु भुजु, सविता गुरुङ, तारा केसि, आरके मानन्धर, बासु खनाल, उत्तम आचार्य लगायतको मुख्य भुमिका देख्न सकिन्छ ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend