logo
शुक्रबार, साउन २९ २०८३

आन्दोलनरत शिक्षक र सरकारबीच आज पनि वार्ता


  • कुइनेटो न्युज
  • शुक्रबार, असोज ५ २०८०

काठमाडौं । आन्दोलनरत शिक्षक र सरकारबीच बिहीबार भएको बैठक बिनानिष्कर्ष टुंगिएपछि आज पुनः वार्ता हुने भएको छ । बिहीबार साँझ गृहमन्त्रालयमा बसेको बैठकमा कुनै सहमति नभएपछि आज बस्नेगरी सरकार र आन्दोलनरत शिक्षकका प्रतिनिधि उठेका थिए ।

वार्ता बिहान ९ बजे बस्ने तय भएको बैठकमा सहभागी नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष विष्णुप्रसाद भण्डारीले जानकारी दिनुभयो । वहाँका अनुसार हिजोको बैठक वार्ताको माहोल तयारमा केन्द्रित थियो ।

वहाँले बिहीबारको वार्तामा आफूहरूका माग पूरा नभएको भन्दै आन्दोलन जारी रहेको बताउनु भएको छ ।

विभिन्न माग राखेर शिक्षकहरू बुधबारदेखि सडक आन्दोलनमा छन् । देशभरका शिक्षक आन्दोलनका लागि काठमाडौं आएका छन् ।

प्रतिक्रिया
ताजा खबर
यो साता चर्चामा
सम्बन्धित समाचार
© copyright 2026 and all right reserved to kuinetonews.com   |   Site By : SobizTrend