कमल । सवारी दुर्घटनामा परि सहनी मृत्यु भएको छ ।
मृत्युहुनेमा झापाको कमल गाउँपालिका ३ निवासी वर्ष ३५ का बिरेन्द्र सहनी रहेको प्रहरीले जनाएको छ ।
गाउँपालिकाको वडा नम्वर ३ स्थित भित्री सडक खण्ड अन्तर्गत बगानेटोल क्याम्पा सडकमा मे ०२ प ५९२३ नम्वरको मोटरसाईकल र विपरीत दिशा बाट आउदै गरेको मे ११ प ९२०३ को मोटसाईकल शनिवार बिहान पौने ११ बजेको समयमा एक आपसमा दुर्घटना हुँदा शक्त घाईने हुनु भएका सहनीको उपचारकालागी दमक स्थित लाईफलाईन अस्पताल पुर्याउना साथ मृत्यु भएको अस्पताल श्रोतले जनाएको छ ।
दुर्घटनामा सम्लग्न सोहिठाउँ निवासी वर्ष २३ का रामभगत बुढाथोकी सामान्य घाइते हुनुभएहुँदा नियन्त्रणमा लिएर अनुशन्धान गरिरहेको प्रहरी चौकी केर्खाका ईन्चार्ज रामकाजी कटुवालले जानकारी दिनुभयो ।
सहनी सामान्य माछा व्यापार गरेर श्रीमती , दुई छोरी , एक छोरा र दुईजना भतिजाको पालनपोषण गर्दै आउनु भएको थियो । वहाँको मृत्यु पछि अब परिवारको पालन पोषण कस्ले गर्ने भन्नेमा ठुलो चिन्ताको विषय भएको स्थानिय बताउछन् ।